जितसँगै भ्यालेन्सियाले बार्सिलोनामाथि दबाब बढायो

खरीबोट

काठमाडौँ ।  स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै भ्यालेन्सियाले शीर्ष स्थानको बार्सिलोनामाथि दबाब बढाएको छ । 

भ्यालेन्सिया अवे मैदानमा खेलेको खेलमा स्पानियोललाई २–० ले पराजित गर्दै हाल लिगको शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी चारमा झारेको छ । 

क्लबको इतिहासमा लिगमा लगातार आठौं जित निकाल्ने क्रममा भ्यालेन्सियाका लागि ६७औं मिनेटमा कोन्डोग्बिया र ८३औं मिनेटमा मिना लोरेन्जोले गोल गरेका थिए । भ्यालेन्सियाले लबको इतिहासमै पहिलो पटक ला लिगामा उत्कृष्ट सुरुवात गरेको छ ।

जितपछि दोस्रो स्थानको भ्यालेन्सियाको १२ खेलबाट ३० अंक भएको छ भने शीर्ष स्थानको बार्सिलोना भन्दा चार अंकले मात्र पछाडी रहेको छ । ला लिगाको साबि क विजेता रियल मड्रिड भन्दा ६ अंकले अघि रहेको छ ।

पछिल्लो पटक सन् २००४ मा ला लिगाको उपाधि जितेको भ्यालेन्सियाले आउँदो आइतबार बार्सिलोनासँग ऐतिहासिक भिडन्त गर्दै छ ।  यता बार्सिलोना भने हाल आउदो बुधबार हुने युभेन्टससँगको च्याम्पियन्स लिगको तयारीमा जुटेको छ ।  
 

सम्बन्धित समाचार

लियोनेल मेसीले बनाए ला लिगामा दुई नयाँ रेकर्ड 

काठमाण्डौ ।  लियोनेल मेसीले गएराती भएको गिरोनाविरुद्धको खेलमा दुइ नयाँ रेकर्ड बनाएका छन् ।  ६-१ गोल अन्तरले जितेको खेलमा मेसीले ला लिगामा सर्वाधिक असिस्ट र ला लिग मा सर्वाधिक टिमविरुद्ध गोल

ला लिगामा मेसीले बनाए दुई नयाँ रेकर्ड 

काठमाण्डौ ।  लियोनेल मेसीले गएराती भएको गिरोनाविरुद्धको खेलमा दुइ नयाँ रेकर्ड बनाएका छन् ।  ६-१ गोल अन्तरले जितेको खेलमा मेसीले ला लिगामा सर्वाधिक असिस्ट र ला लिग मा सर्वाधिक टिमविरुद्ध गोल

रियल म्याड्रिडको जितमा बिबिसीको उत्कृष्ट प्रदर्शन, रोनाल्डोले गरे दुई गोल 

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले डिपोर्टिभो आल्भेजलाई ४-० गोल अन्तरले पराजित गरेको छ । रियलको जितमा बिबिसी अर्थात बेन्जमा, बेल र क्रिस्टियानोले गोल गरेका थिए । खेलको ४४औ

गिरोनाको बार्सिलोनालाई चुनौती, गार्डीयोवालाको रेकर्ड तोड्ने म्यानेजर इर्नेस्टोको तयारी !

काठमाडौं । यस सिजनमा बार्सिलोना ला लिगा जित्ने दौडमा सबै भन्दा अगाडी छ । तर पछिल्ला खेलका प्रदर्शनले बार्सिलोनाको चिन्ता केहि बढाएको भने अवश्य छ । पछिल्ला ५ खेलमा बार्सिलोनाले