बारा । बारामा नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवारको गाडीमा बम प्रहर भएको छ ।
बाराको जिल्लाको क्षेत्र ४ ख का नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार ओमकृष्ण कार्कीको प्रचार गर्ने गाडीमा अज्ञात समुहले बम प्रहर गरेको हो ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित नेपाल दुरसंचार संस्थान पछाडी पार्कीङ गरेर राखिएको गाडीमा बिहान ५ बजेर ५५ मिनेट जाँदा बम प्रहर गरिएको थियो । गाडीमा कोहि नभएकोले कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार हालसम्म सो विष्फोटको कसैले जिम्मा लिएको छैन ।
विष्फोटबाट गाडीको फ्युल ट्यांक फुटेको, सिसाहरु फुटेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उम्मेदवार कार्कीले प्रचारमा प्रयोगगर्ने गाडीमा बम प्रहर गरिएको छ । घटनाको हाल प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।