• २०८१ बैशाख ११ मंगलबार

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक (सुची सहित)

kharibot

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले राजनीतिक दलहरुले पेश गरेका उम्मेदवारहरुको बन्दसूची अन्तिमरुपमा सार्वजनिक गरेका हुन् ।

आइतबार सार्वजनिक गरिएको बन्दसूचीमा प्रतिनिधिसभा सदस्यतर्फ २,२७३ उम्मेदवार कायम भएका छन् । यसैगरी, सातवटै प्रदेशका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रदेशसभा सदस्यका लागि ३,५६५ उम्मेदवार कायम रहेका छन् ।

यसअघि दलहरुले गत असोज २९ गते पेश गरेका उम्मेदवारहरुको बन्दसूचीको प्रारम्भिक विवरण आयोगले गत कात्तिक १७ गते सार्वजनिक गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ राजनीतिक दलका र प्रदेशसभा सदस्यका लागि ५३ राजनीतिक दलका गरी जम्मा ६ हजार ९४ उम्मेदवारहरु बन्दसूचीमा समावेश भएको प्रारम्भिक विवरण रहेको थियो ।

अन्तिमरुपमा सार्वजनिक गरिएको बन्दसूचीमा यसअघि प्रारम्भिक बन्दसूचीमा रहेका प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुमध्ये २५६ जना उम्मेदवारको नाम हटेको छ ।

प्रारम्भिक सूचीमा रहेकाहरुमाथि परेको उजुरीका आधारमा २५३ जनालाई आयोगले उम्मेदवार बन्न अयोग्य ठहर गर्दै सुचीबाट हटाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका अन्तिम उम्मेदवारको नामावली हेर्न यँहा क्लिक गर्नुहोस्  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै