• २०८१ बैशाख ६ बिहीबार

भारतीय नक्कली नोंट, ७ राउण्ड गोलीसहिँत आठ पक्राउ

kharibot

बारा । बारा प्रहरीले नक्कली भारतीय रुपैयाँ सहिँत ३ जना भारतिय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालीका वडा नं.१ पथलैयाको एक होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

ईलाका प्रहरी कार्यालय सिमराले पत्रकार सम्मेलनको आयोजना गरी नक्कली नोंटको कारोवार गर्ने तिन जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको लखनउ , नवस्थाका  ५० बर्षिय कृष्णपाल सिंह , सोही स्थानका ४२ बर्षे भुषण सिंह र भारत सितापुरका २६ बर्षे सन्नी सिंहलाई प्रहरीले सार्वजनिक गरी जिल्ला अदालतमा मुद्दा चलाउँने तयारी गरेको छ । तिन जना सहिँत उनीहरुले प्रयोग गरेको एक भारतीय नम्बर प्लेटको बुलेरो गाडी समेत प्रहरीले बरामद गरेको छ ।

निजको बुलेरो गाडीको चेकजाँच गर्दा नक्कली नोट साटेर लिएको केही नेपाली नोंट समेत प्रहरीले बरामद गरेको हो । निजलाई जिल्ला अदालतबाट म्याद थप गरी आवस्यक अनुसन्धानपछि मुद्धा चलाइने बाराको प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिए ।

बारा प्रहरीले केहि दिन यता आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी बिभिन्न रणनितिका साथ सुरक्षा ब्यवस्था मिलाएपनि भारतसँग खुल्ला सिमाना जोडिएका कारण छिमेकी जिल्लाहरुमा अवैध कृयाकलाप र ठगी नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको छ ।

त्यस्तै निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई बेवस्था गर्दै लागु औषध कारोबारीले सिमानाका बिरगंजबाट नेपालका विभिन्न स्थानमा अवैध लागुऔषध भित्रयाउँने गरेका छन् । ईलाका प्रहरी कार्यालय सिमराले फरक फरक समयमा लागु औषध कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आईतवार ४ जनाबाट बरामद गरिएको प्रतिबन्धित अबैध लागु ओषध ईन्जेक्सन डाईजिलेब १ सय ६५ थान , फेनारर्गन १ सय ४९ थान , नुफिन १ सय ३९ थान लगायतका करिब ५ सय थान लागु औषध सहिँत ४ जनालाई पक्राउ गरेको छ । 

निजलाई जिल्ला अदालतबाट म्याद थप गरी आवस्यक अनुसन्धान पछि मुद्दा चलाइँने ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निक्षिक भुवन भट्टले बताए । त्यसैगरी जिल्ला प्रहरी कार्यालय कलैया बाराले पनि बन्दुकको गोली सहिँत एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सात थान बन्दुकको गोली सहिँत बारा प्रहरी जिल्लाको महागढीमाई नगरपालिका वडा नं.१ स्थित गढीमाई मन्दिर नजिकैबाट पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा सोहि नगरपालिकाको वडा नं.स्थित बरियारपुर बस्ने बर्ष २२ का सोनु सिंह भनिने सौरभ सिंह रहेका छन् । उनलाई प्रहरीले गढीमाई मन्दिर वरपर सञ्चालित होटलबाट पक्राउ गरेको हो ।

निर्वाचनलाई लक्षित गर्दै बारा प्रहरीले गढीमाई मन्दिर वरपर रहेको होटल तथा नास्ता पसलहरु चेकजाँच गर्दै जाँदा स्थानीय जय कुमार साहले सञ्चालन गरेको रक्सी मासुको नास्ता पसल मादक पदार्थ सेवन गरी शंकास्पद अवस्थामा बसी रहेका सिंहलाई नियन्त्रणमा लिएको थियो ।

शंकाको आधारमा प्रहरीले उनको शरिर खान तलासी गर्दा उनले लगाएको ट्रेक पाईन्टको अगाडीको दाँया गोजी भित्र पहेलो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा ०.२२ क्यालिभरको सात राउण्ड गोली बरामद गरिएको प्रहरी उपरिक्षक राजकुमार बैद्यवारले बताए ।

हात हतियार खरखजाना ऐन बमोजिम जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिने म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै