• २०८१ बैशाख ७ शुक्रबार

विवाद बढेपछी ‘पद्मावती’ को रिलिज स्थगित

kharibot

मुम्बई । बलिवुडको यस बर्षकै चर्चित फिल्म पद्मावतीको रिलिज मिति सरेको छ ।

फिल्मको विवाद अदालतसम्म पुगेपछि फिल्मका निर्माताहरुले आगामी डिसेम्बर १ मा गर्ने भनिएको फिल्मको रिलिज हाललाई स्थगित गरेको जनाएका छन् । फिल्मको निर्माता रहेको भायाकम १८ मोसन पिक्चर्सले एक विज्ञप्ति जारी गर्दै फिल्मको नयाँ रिलिज मिति छिट्टै सार्वजनिक गरिने बताएको छ ।

राजस्थानका राजपुतका पूर्वजको कथामा आधारित फिल्मलाई आफ्नो इतिहासलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै उनीहरुले विरोध जनाएका छन् । साथै फिल्मको विरुद्ध अदालतमा मुद्धा समेत परेको छ भने भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका धेरै जसो नेताहरु पनि फिल्मको विरोधमा रहेका छन् ।

बलिवुडका चर्चित निर्देशक संजयलिला भन्सालीले निर्देशन गरेको यो फिल्म निर्माणको समय देखिने विवादमा आएको थियो । फिल्म सुटिंगको क्रममानै निर्देशक भन्सालीमाथि आक्रमण हुँदा सुटिंग नै अवरुद्ध हुन पुगेको थियो ।

फिल्ममा रानी पद्मावतीको भूमिकामा अभिनेत्री दीपिका पादुकोणले अभिनय गरेकी छन् भने शाहिद कपुर र रनबीर सिंह पनि फिल्ममा महत्वपूर्ण भूमिकामा रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै