• २०८१ बैशाख ६ बिहीबार

अन्डर १९ एशिया कपको उपाधि अफगानिस्तानले जित्यो 

kharibot

काठमाडौं । अन्डर १९ एसिया कप क्रिकेटको उपाधि अफगानिस्तानले जितेको छ । 

आज भएको फाइनल खेलमा पाकिस्तानलाई १८५ रनले पराजित गर्दै अफगानिस्तानले पहिलो पटक एशिया कपको उपाधि जितेको हो ।
सेमिफाइनलमा नेपाललाई हराउँदै अफगानिस्तान पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको थियो ।

अफगानिस्तानले दिएको २४९ रनको लक्ष्य पछ्याउदै पाकिस्तान २२.१ ओभरमा ६३ रनमै समेटिएपछि अफगानिस्तानले एसिया कपको उपाधि जितेको हो । अफगानिस्तानका मुजिव उर रहमानले ५ विकेट लिएका थिए ।

पाकिस्तानका मोहम्मद ताहाले सर्वाधिक १९ रन बनाएका थिए भने कप्तान मोहम्मद हसन खानले १० रन बनाएका थिए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

यसअघि मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले विकेट किपर ब्याट्सम्यान इक्रम अली खिलको १०७ रनको पारीको मद्धतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४८ रन बनाएको थियो ।

अलीले ११३ बलको सामना गरी १० चौका र २ छक्काको सहयोगमा १०७ रन बनाएका थिए । उनका अलावा ओपनरहरु रमानुल्लाह गुर्वाजले ४० र इब्राहिम जर्दानले ३६ रनको पारी खेले ।

बलिङतर्फ पाकिस्तानका मोहम्मद मुसाले ३ तथा सहीन साह अफि्रदीले २ विकेट लिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै