कलंकीमा सडक दुर्घटनामा एक जनाको मृत्यु

खरीबोट

फाइल तस्विर

काठमाडौँ । कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ । 

आज बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नं को यात्रुबाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

बस चालकलाई प्रहरीले पक्राउ गरी सवारीसाधन नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार

एम्बुलेन्सले ठक्कर दिँदा तीनजनाको मृत्यु 

सुनसरी ।  इटहरीको हलगडामा स्कुटरलाई एम्बुलेन्सले ठक्कर दिँदा तीनजनाको ज्यान गएको छ । आइतबार राति पौने एघार बजेतिर भएको दुर्घटनामा एकजनाको घटनास्थलमै र अरु दुईजनाको धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान

कांग्रेसका स्थानीय नेता शिवाकोटीको दुर्घटनामा निधन

दमक ।  नेपाली काँग्रेस गौरादह नगर समिति सदस्य कुलदाश शिवाकोटीको सडक दुर्घटनामा परेर निधन भएको छ ।  गौरादह–१ निवासी ४५ वर्षीय शिवाकोटीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज बिहान उपचारका क्रममा निधन भएको पार्टीका जिल्ला

तीर्थयात्री बोकेको बस दुर्घटना एक को मृत्यु

फलेवास । कुश्मा नगरपालिका–१४ स्थित धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेमा आज अपराह्न भएको यात्रुवाहक बस दुर्घटनामा एक जनाको ज्यान गएको छ ।  पञ्चासेमा सद्बीज छर्नका लागि यात्रु लिएर गएको ध १ ख

माइक्रोबसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु

सुरुङ्गा, झापा ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती