• २०८१ बैशाख ८ शनिबार

प्रकाश दाहालको निधनमा एमालेले एक घण्टा चुनावी कार्यक्रम स्थगित गर्ने 

kharibot

काठमाडौँ । बाम गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डका छोरा प्रकाश दाहालको सम्मानमा तथा प्रचण्डप्रति समवेदना प्रकट गर्न आज एक घण्टा चुनावी कार्यक्रम स्थगित गरेको छ ।

एमालेले प्रकाशको निधनप्रति गहिरो दुःख ब्यक्त गर्दै माओवादी केन्द्रप्रति समवेदना प्रकट गर्न आज दिउसो २ देखि ३ बजेसम्म पूर्वनिनिर्धारित सवै चुनावी कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ । 

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता बिष्णु रिमालले आज बिज्ञप्ती जारी गरी घटनालगत्तै पार्टीका बरिष्ठ नेता कमरेड झलनाथ खनाल, नेता कमरेड माधवकुमार नेपाल, महासचिव कमरेड ईश्वर पोखरेललगायतका नेताहरु नर्भिक अस्पताल पुगेर समवेदना प्रकट गरेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै