• २०८१ बैशाख ७ शुक्रबार

प्रकाश दाहालको निधनले मर्माहत - प्रधानमन्त्री देउवा 

kharibot

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएकोमा आफु दुखि भएको उल्लेख गरेका छन् । 

प्रकाश दाहालको अल्पायुमा भएको निधनले आफु मर्माहत भएको बताउदै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।  

दाहालको निधन पछि अस्पतालमा परिसरमा माओवादी केन्द्रका शीर्ष नेताहरु पनि आउने क्रम जारी छ । अस्पताल परिसरमा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल, दाहालका नातिनीहरु रुँदै नर्भिक अस्पताल परिसरमा पुगेका छन् । अस्पतालमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता अहिले नर्भिक अस्पतालमा पुग्ने क्रम जारी रहेको छ । 

पिता प्रचण्ड झापाबाट हेलिकोप्टरबाट काठमाडौं आइपुगेको र केहीबेरमा अस्पताल पुग्ने बताइएको छ । 

२०३८ फाल्गुनमा चितवनको शिवनगरमा जन्मिएका दाहाल हाल पिता तथा माओवादी अध्यक्ष प्रचण्ड स्वकीय सचिवको रुपमा कार्यरत थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै