• २०८१ बैशाख ७ शुक्रबार

म्यान्चेस्टर सिटीको जितमा जिसस र ब्रुनेको गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई पराजित गर्दै लिगमा आफ्नो अग्रता कायमै राखेको छ । 

सिटीले लिग अन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर सिटीलाई २–० ले हराउँदै आफ्नो विजयी यात्रा कायम राखेको हो । 

म्यानचेस्टर सिटीको जितमा गाब्रिएल जिसस र केविन डि ब्रुनेले गोल गरेका थिए । खेलको ४५औं मिनेटमा जिससले गोल गरेपछि पहिलो हाफमा म्यानचेस्टर सिटीले १–० को अग्रता लियो । दोस्रो गोल खेलको ४९औ मिनेटमा डि ब्रुनेले गरेका थिए । त्यसपछि खेलमा दुवै तर्फबाट गोल हुन सकेन र म्यानचेसटर सिटी २–० ले विजयी भयो । 

जितपछि शीर्ष स्थानको सिटीको १२ खेलबाट ३४ अंक भएको छ र दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा ८ अंकले अघि रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै