• २०८१ बैशाख ४ मंगलबार

रियल र एथलेटिको म्याड्रिडबीचको खेल बराबरीमा, बार्सिलोना १० अंकले अगाडी 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड र एथलेटिको म्याड्रिडबीचको खेल बराबरीमा रोकिएको छ । गएराती एथलेटिकोको घरेलु मैदानमा भएको खेलमा बिनाकुनै गोल बराबरीमा सकिएपछि यसको सिधै फाइदा बार्सिलोनालाई भएको छ ।

शनिबार नै भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ३-० ले पराजित गर्दै लिगमा भ्यालेन्सियाभन्दा ७ अंकले आगाडी रहेको बार्सिलोना यो बराबरीपछि रियल र एथलेटिको भन्दा १० अंकले अगाडी रहेको छ । १२ खेलमा बार्सिलोनाको ३४ अंक छ भने एक खेल कम खेलेको भ्यालेन्सियाको ११ खेलमा २७ अंक रहेको छ । त्यस्तै रिल र एथलेटिको म्याड्रिडको १२ खेलमा २४,२४ अंक रहेको छ ।

अब रियल र एथलेटिकोले बार्सिलोन लाई भेटाउन गार्हो हुने देखिएको छ । बार्सिलोनाको यस सिजनको फर्म हेर्दा पनि यो कुरा प्रष्ट हुन्छ । बार्सिलोन ले यस सिजनमा कुल ३३ गोल गरेको छ भने केबल ४ गोल खाएको छ । जबकी रियलले २२ गोल गरेको छ भने ९ गोल खाएको छ त्यस्तै एथलेटिकोले १६ गोल गरेको छ भने ६ गोल खाएको छ ।

खेलपछि रियल म्याड्रिडका म्यानेजर जिनेदिन जिदानले बार्सिलोनाले अंक गुमाउने बताए । १० अंकको अन्तर ठुलो भएको बताउदै जिदानले आफुहरुले आफ्नो खेलमा ध्यान दिने र बार्सिलोनासँगको अन्तर कम गर्ने बताए ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै