• २०८१ बैशाख ८ शनिबार

ला लिगामा बार्सिलोनाको सजिलो जित, स्वरेजले गरे दुई गोल

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लेगानेसलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ३-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लुइस स्वरेजले दुई गोल गरेका थिए भने पाउलिन्होले एक गोल गरेका थिए ।

जितसँगै बार्सिलोनाले ला लिगामा ७ अंकको अग्रता हासिल गरेको छ । बार्सिलोना १२ खेलमा ३४ अंक सहित शिर्ष स्थानमा कायम रहेको छ । बार्सिलोना प्रतिद्वन्दी क्लब रियल म्याड्रिडभन्दा ११ अंकले अगाडी भएको छ । रियल म्याड्रिडले आज राति नै एथलेटिको म्याड्रिडसँग खेल्दै छ । यस सिजनमा ला लिगाको सरप्राइज टिम मानिएको लेगानेस १२ खेलमा १७ अंकसहित ९औ स्थानमा रहेको छ । 

यस खेलमा लुइस स्वरेजले खेलको २८औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको बार्सिलोनाले खेलको ६०औ मिनेटमा स्वरेजको दोस्रो गोलको मद्धतले अग्रता दोब्बर पारेको थियो । बार्सिलोनाका लागि तेस्रो गोल खेलको अन्तिम मिनेटमा पाउलिन्होले गरेका थिए ।

यस खेलबाट लुइस स्वरेजले पछिल्लो पाँच खेलपछि गोल गर्दै फर्ममा फर्किएका छन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै