• २०८१ बैशाख ८ शनिबार

भारतकी मानुषीले जितिन् मिस वर्ल्डको उपाधि 

kharibot

काठमाडौँ । मिस वर्ल्ड २०१७ को उपाधि भारतकी मानुषी छिल्लरले जितेकी छन् ।

शनिबार चीनको सनायामा आयोजित फाइनल कार्यक्रममा मानुषीलाई मिस वर्ल्ड विजेता घोषित गरिएको हो । भारतको हरियाणाकी २१ वर्षीय मानुषीले विश्वभरका ११९ जना प्रतिस्पर्धीलाई हराउदै उपाधि जितेकी हुन् ।

मेक्सिकोकी एन्ड्रिया मेजा फर्स्ट रनर अप भैं भने इंल्याण्डकी स्टेफनी हील दोस्रो रनर अप बनेकी छन् ।

भारतले १७ वर्षपछि मिस वर्ल्डको उपाधि जितेको हो। सन् २००२ मा अभिनेत्री प्रियंका चोपडापछि कोही भारतीयले मिस वर्ल्डको उपाधि जितेका थिएनन् । अहिलेसम्म भारतबाट सन् १९९७ मा डायना हेडन, १९९४ मा ऐश्वर्य राय र १९९९ मा युक्ता मुखी मिस वर्ल्ड भएका छन् ।

यस वर्षको मिस वर्ल्डमा नेपालका तर्फबाट निकिता चाण्डक प्रतिस्पर्धामा थिइन्। उनी उत्कृष्ट ४० मा पर्न सफल भएकी थिइन् । मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’ अन्तर्गत समूह तीनमा जित हासिल गरेर चाण्डक टप ४० मा स्वतः छनौट भएकी थिइन् । 

हेड टु हेड च्यालेन्जका विजेताहरुले प्रत्यक्ष रुपमा मिस वल्र्डको टप ४० मा प्रवेश पाउने नियम अनुसार उनी छनोट भएकी हुन् । मिस वर्ल्डको फाइनलको मुख्य विधा मानिने ‘ब्युटी विथ पप्रोज’को लागि मिस नेपाल निकिता चाण्डकले नेपाली युवतीहरुको महिनावारी संस्कृतिमाथि प्रोजेक्ट तयार गरेकी थिइन् ।

मिस वर्ल्डको ६७औं संस्करणमा नेपालबाहेक एक सय १९ देशका सुन्दरीहरु सहभागी भएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै