मुगाबे युग अन्त्यको खुशियालीमा दशौँ हजार जिम्बावेली जनता सडकमा

खरीबोट

हरारे, जिम्बाब्वे जिम्बाब्वेको राजधानीमा मुगाबे युगको अन्त्यको माग गर्दै शनिबार गरिएको प्रदर्शनमा दशौँ हजार जिम्बाब्वेली जनता सहभागी बनेका जिम्बाब्वेको राज्य सञ्चालित टेलिभिजन जेडटिभीले जनाएको छ । 

जिम्बाब्वेको सेनाले गत बुधबार मुगाबेबाट शासनसत्ता हातमा लिएको थियो । 

राष्ट्रपति मुगाबेलाई पदबाट राजिनामा दिलाउन दवाव सिर्जना गर्न जिम्बाब्वेका प्रभावशाली पूर्व सैनिकहरूको संगठन (जिम्बाब्वे नेशनल लिबरेसन वार भेटेरान्स एसोसिएसन)ले राजधानी हरारेमा शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेको थियो । 

ठूलो सङ्ख्यामा प्रदर्शनमा भएको सङ्ख्याले सेनाको कदमलाई जिम्बाब्वेका जनताले अनुमोदन गरेको सहजै अनुमान गर्ने अवस्था देखिएको छ । 

प्रदर्शनकारीले ‘मुगाबेले सत्ता छोड’ र ‘मसगाबे वंशलाई मान्दैनौँ’ लगायतका नारा लगाउँदै चीसो मौसमको प्रवाह नगरी सडकमा सेनाको प्रशंसा गर्दै नाचगान समेत गरेका थिए । 
सडक प्रदर्शनमा ठूलो सङ्ख्यामा भूतपूर्व सेना, सर्वसाधारण, राजनीतिक नेता, नागरिक समाज, परम्परागत जातीय समूहका अगुवाहरू तथा युवाहरूको सहभागीता रहेको थियो । 

सेनाले शासनसत्ता सम्हालेपछि जिम्बाब्वेको सत्ताधारी दल जिम्बाब्वे अफ्रिकन नेशनल यूनियन– प्याट्रिओटिक फ्रन्ट (जेडएएन्यू–पिएफ) ले समेत मुगाबेलाई पदबाट राजिनामा दिन आग्रह गरेको छ । 
जेडएएन्यू–पिएफले यदि ९३ बर्षीय नेताले पदबाट हट्न अस्वीकार गरेमा उहाँलाई दलले फिर्ता बोलाउने बताएको छ । 

जेडएएन्यू–पिएफको १० वटै प्रान्तले मसगाबेको राजिनामा माग्ने बिषयमा सहमति जनाएका छन् । उक्त दलले राष्ट्रपति मसगाबेले गत हप्ता बर्खास्त गरेका पूर्व उपराष्ट्रपति एमरसन माङगाग्वाको पुनर्वहालीका लागिसमेत राष्ट्रपतिलाई दवाव दिएको छ । सत्ताधारी दलले पछिल्लो राजनीतिक घटनाक्रमबारे सेनाले शासनसत्ता हातमा लिएको दुई दिन भित्रै केन्द्रिय समितिको बैठक बोलाई आगामी दिनमा कसरी अघि बढ्ने भन्ने योजनाबारे छलफल गरेको थियो । 

सेनाले शासनसत्ता हातमा लिएयता आफ्नै घरमा नजरबन्दमा रहेकोमा शुक्रवार पहिलोपटक उनी सार्वजनिक कार्यक्रममा देखिएका थिए । 

आफू कुलपति रहेको विश्वविद्यालयको दीक्षान्त समारोहलाई उनले सम्बोधन गरेका थिए । तर उनकी पत्नी ग्रेस मुगाबे भने त्यहाँ उपस्थित बह्येकी थिइनन्  । 

सम्बन्धित समाचार

जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेद्वारा अन्तत: राजीनामा, खुशियाली मनाउन जनता सडकमा 

हरारे ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले अन्तत: राजीनामा दिएका छन् । पछिल्लो ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन् ।  मुगावेको राजीनामासँगै राजधानी हरारे लगायतका देशका विभिन्न ठाउमा खुशीयाली

जिम्बाबेका राष्ट्रपति मुगाबेलाई महाअभियोग लगाइँदै

हरारे ।  जिम्बावेको सत्तारुढ दल जानुपीएफले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेको छ । सो प्रक्रिया अघि बढाइने तयारी गरेको समाचारमा जनाइएको छ ।  आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार दिने तयारी गरेको र

तत्काल पदबाट राजीनामा दिन जिम्बाबेका राष्ट्रपतिलाई आफ्नै पार्टीको दबाब

अफ्रिका । जिम्बाबेका नजरबन्दमा रहेका राष्ट्रपति रोबर्ट मुगाबेलाई आफ्नै पार्टीले राजीनामाका लागि दबाब दिए पनि उनले भने अस्वीकार गरेका छन् । पार्टीले मुगाबेले राजीनामा नगरे उनीमाथि लगाइने महाभियोग प्रस्तावलाई समर्थन

सेनाको नजरबन्दमा रहेका जिम्बाबेका राष्ट्रपतिद्वारा सत्ता त्याग्न अस्वीकार

हरारे / जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहेका यहाँका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गरेका छन् । लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे गएको बुधबार बिहानदेखि यहाँको सेनाको