काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले महानगरको हरेक वडा वडामा स्वास्थ्य सेवा संचालन गर्ने भएको छ । बालवालिकाकालाई टंसील रोगबाट बचाउन यस्तो स्वास्थ्य सेवा संचालन गरेको काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले बताएका छन् ।
गणेश युवा क्लबले महानगरपालीकाको वडा नं २१ मा आयोजना गरेको बालवालिकाको लागि निःशुल्क स्वास्थ्य शिविरमा बोल्दै प्रमुख शाक्यले सो कुरा बताउएका हुन् । यसैगरी प्रमुख शाक्यले महानगरपालिकाले हिजो मात्रै सामाजिक सेवा अनाथ बालवालिका र बृद्धबद्धाको सहयोगमा समर्पित संस्था काठमाण्डौको सामाखुसीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेको र काठमाण्डौको नक्सालमा रहेको श्री सत्य साई सेवा केन्दसंग स्वास्थ्य सम्बन्धी सहकार्य गरेको बताए ।
कार्यक्रममा बोल्दै डा. दीपकराज जोशीले विशेष गरि ८ वर्ष देखि १५ वर्ष उमेरका बालवालिकामा टंसीलको जोखिम रहेको बताउँदै हरके वर्ष टंसीलको सुई लगाउनु पर्ने बताए ।
यसैगरी कार्यक्रममा बोल्दै वडा नं २१ वडा अध्यक्ष उदय चुडामणि बज्र्राचार्यले बालवालिकालाई टंसील सम्बन्धी जाँच गर्न पाएकोमा हार्दिक कृतज्ञता व्यक्त गरे ।
सोहि कार्यक्रममा बोल्दै एनएमबी बैंकका अध्यक्ष सुनिल केसीले नेपालमा भण्डै कुल जनसंखयाको दुई लाख मानिसमा टन्सिल रोगको समस्या रहेको बताए ।
२१ नं वडाको गणेश युवा क्लबमा आयोजित सो कार्यक्रममा महिला स्वास्थ्य स्वंयम सेविका र वडावासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।