पेरिस, फ्रान्स । साउदी अरबको भ्रमणमा रहेकै बेला अकस्मात प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएका लेबनानी नेता साद हरिरि फ्रान्स आईपुगेका छन् ।
उनी शनिबार फ्रान्स आईपुग्नु भएको र राष्ट्रपति इम्यानुएल मार्कोनलाई राष्ट्रपति कार्यालय एलइजे दरबारमा भेट्वार्ता गर्ने कार्यक्रम रहेको छ । सुरक्षाको कारण देखाउदै राजीनामा दिनुभएका नेता हरिरिलाई फ्रान्स सरकाले आफ्नो देशमा आमन्त्रण गरेको थियो ।
कूटनीतिज्ञहरुले फ्रान्सबाट क्षेत्रीय संकट समाधानका लागि सजिलो हुने विश्वास व्यक्त गरेका छन् । फ्रान्सको राष्ट्रपतिको कार्यालयले हरिरि र उहाँको परिवारलाई केही दिनका लागि फ्रान्स बोलाएको बुधबार जानकारी दिएको थियो । तर कहिलेसम्म उनी यहाँ बस्छन् भन्ने यकिन तिथिमिति भने दिइएको छैन् ।
फ्रान्स आउनु अगाडी साउदी अरेबियाको भ्रमणमा रहेका भएका हरिरिलाई साउदी अरेबियाका विदेश मन्त्री अडेल अल जुबिरले साउदी अरबको राजधानी रियाद छोड्न स्विकृति दिएका थिए ।
हरिरिले फ्रान्सको निमन्त्रणालाई स्विकार गरेर र समस्या समाधानका लागी पहल थाल्ने बताएका छन् ।