• २०८१ बैशाख १२ बुधबार

संसदीय व्यवस्थाको विकल्प खोज्नेहरु सबै पतन हुन्छन् – कांग्रेस वरिष्ठ नेता पौडेल  

kharibot

गोरखा । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संसदीय व्यवस्थाको विकल्प खोज्नेहरु सबैको पतन भएको बताए । अहिले एमाले र माओवादी केन्द्रले कम्युनिष्ट एकता गरेर देशलाई अनिष्ट तिर लान खोजेको आरोप लगाए । 

नेता पौडेलले हिजो संसदीय व्यवस्थाको विकल्प खोज्ने पंचायत, ज्ञानेन्द्र सबैको पतन भएको भन्दै प्रचण्ड र ओली पनि त्यहि बाटोमा गएको बताए ।  

गोरखाको पालुङटारमा नयाँ शक्ति नेपाल पार्टी र नेपाली कांग्रेसको संयुक्त सभालाई सम्बोधन गर्दै नेता पौडेलले जनीतिक व्यवस्थाको टुंगो लागेपछि देशलाई समृद्धितिर लानु पर्नेमा एमाले र माओवादी फेरी व्यवस्था फेर्ने दुष्प्रयासमा लागेको बताए । उनीहरुको षडयन्त्र बुझेर नै मधेसलाई साथ लिएर टाढा भएको मधेसलाई एक बनाएका छौ । चुनाव हुने नहुने आशंकाका बीच कांग्रेसको पहलमा नै चुनावको वातावरण बनेको दाबि गरे । 

प्रचण्ड र ओलीले देशमा समस्या मात्र उब्जाएको बताउदै नेता पौडेलले कांग्रेसले नै देशका समस्याका समाधान गर्ने बताए । कांग्रेस नै असली राष्ट्रवादी भएको भन्दै नेता पौडेलले ओली असली राष्ट्रवादी नभएको बताए । कांग्रेसले नै देशको सहि नेतृत्व गर्ने भन्दै स्वदेशी र अन्तर्राष्ट्रिय क्षेत्रले पनि कांग्रेसलाई पत्याएउने बताए । 

नेताहरुले परिणाम के हुन्छ भन्ने नबुझ्दा जनताले दुख पाएको भन्दै शान्तिको नेतृत्व पनि कांग्रेसले गरेको र समृद्धिको नेतृत्व पनि कांग्रेसले नै गर्ने नेता पौडेलले बताए ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै