• २०८१ बैशाख १२ बुधबार

हिमालयन बैंकको संचालक नियुक्ति विवाद अदालतमा 

kharibot

काठमाडौँ । हिमालयन बैंकको संचालकहरुको विवाद अदालतसम्म पुगेको छ । बैंकको निर्देशकमा म्यचुअल ट्रेडिगं कम्पनी प्रालिका प्रतिनिधिलाई चयन गरेपछि विवाद बढेको थियो ।

बैंकले उनले २०१७ अगष्ट २० गते पत्र काट्दै मनोनयन गरेको जनाएको थियो। तर उनलाइ काम गर्ने वातावरण दिइएको थिएन । त्यसपछि म्यचुअल ट्रेडिगं कम्पनी प्रालिकी अख्तियार प्राप्त उषा पाण्डे कार्कीले उनलाई काम गर्ने वातावरण बनाइदिन भन्दै उच्च अदालत पाटनमा मुद्दा हालेकी थिइन।

अदालतले १५ दिन भित्र लिखित जवाफ दिन हिमालयन बैंकलाई आदेश दिएको छ।

साथै अदालतले छलफलका लागि दुबै पक्षलाई यही मंसिर ८ गते बोलाएको छ। अदालतले ८ गतेसम्म अदालतको हितमा असर नगर्ने निर्णय नगर्न संचालक समितिलाइ भनेको छ।

हिमालयन बैंकमा स्थापना कालदेखि नै नीजि क्षेत्रबाट ४ वटा समुह संस्थापक शेयरधनी मनोज बहादुर श्रेष्ठ, प्रेम प्रकाश खेतान, हिमालय शमशेर राणा र हविव बैंक अफ पाकिस्तानका प्रतिनिधि सलीम अम्लानी रहेका छन।  यी ४ संस्थापक शेयरधनी बाहेक कर्मचारी सञ्चय कोष तथा सर्वसाधारण शेयरधनीहरू समेत रहेका छन ।

बैंकको सञ्चालक समितिको नेतृत्व ४ संस्थापक शेयरधनि समुह बीच पालै पालो हुने बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा लिखित नै सहमति भएपनि आजसम्म म्याचुअल ट्रेडिगं कम्पनी प्रालिका प्रतिनिधिलाई बैंकको सञ्चालक समितिको नेतृत्व गर्न दिइएको छैन ।

श्रेष्ठले बैंकलाइ निजि कम्पनि चलाए झैं गरेर बिगत १२ वर्ष देखि बैंकको सञ्चालक समितिको अध्यक्ष भइबसेका छन ।

हालै जारी भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको ऐनले बैंक वा वित्तीय संस्थामा कम्तीमा पाँच र बढीमा सात जना सञ्चालकहरू रहेको एक सञ्चालक समिति रहनेछ भन्ने व्यवस्था गरेको छ ।

संस्थापक शेयरधनीहरू मध्ये म्युचुअल ट्रेडिगं कम्पनी प्रालिको भन्दा कम शेयर धारण गरेका संस्थाहरूबाट सञ्चालकको प्रतिनिधित्व समेत भएको देखिन्छ । म्युचुअल ट्रेडिगंले आफ्नो तर्फबाट सञ्चालक मनोनयन गर्न बैंकलाइ लेखेर पठाउदा कानुन विपरित तथा गैर जिम्मेवार तरिकाले आलटाल जवाफ दिइ म्यचुअल ट्रेडिगं को प्रतिनिधिलाइ सञ्चालक समितिमा स्थान नदिने प्रपञ्च भइरहेको छ ।

बाफिया आउनु भन्दा अगाडि सञ्चालक नियुक्त गर्न आग्रह गर्दा नगर्ने तर बढीमा सात जना सञ्चालकहरू रहेको एक सञ्चालक समिति रहनेछ भन्ने व्यवस्था गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै