• २०८१ बैशाख ७ शुक्रबार

मङ्सिर मसान्तसम्म चल्ने भो एनालग टिभी

kharibot

काठमाडौँ । सरकारले मङ्सिर मसान्तसम्म बढीमा ३५ वटा च्यानल एनालग प्रविधिमा प्रसारण गर्न सकिने जनाएको छ । 

यस अघि सरकारले कार्तिक २८ गतेबाट एनालग प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारण अनिवार्य डिजिटल प्रणालीमा रूपान्तरण गर्ने जनाएको थियो । 

एनालग प्रविधिबन्द भएपछि अधिकांश केबलमा प्रसारण बन्द भएको थियो । सूचना तथा संचार मन्त्रालयले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै सो निर्णय लिइएको जनाएको छ । हाल निर्वाचन सम्बन्धि मतदाता शिक्षा चलिरहेकोले यस्तो निर्णय लिएको मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रलायले केवल टिभी व्यवसायी माहासंघ, केबल टिभी महासंघसँग एनालग टिभी प्रसारण प्रविधिलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न विस्तृत कार्यतालिका पेश गर्न ७ दिन भित्र पेश गर्न पनि निर्देशन दिएको छ । 

सरकारले राष्ट्रिय प्रसारण नियमावली, २०५२ (आठौँ संशोधन) को नियम ४ बमोजिम महानगरपालिका क्षेत्रमा गत वैशाख १५ गतेसम्म र उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा यही कात्तिक २८ गतेसम्म एनालग प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा रूपान्तरण गरी सफा, स्पष्ट, गुणस्तरीय प्रसारण गर्न सम्बन्धित सबै संस्थालाई अनुरोध गरेको थियो । 

सन् २०१७ सम्ममा सबै केबललाई डिजिटलाइजेशन गर्ने सरकारको निर्णयअनुरुप चरणबद्ध रूपमा एनालग प्रणालीलाई हटाउँदै लगिएको हो । 

मन्त्रालयका अनुसार करिब ८५२ टिभी एनालग प्रणालीमा छन् । त्यसैगरी करिब २५ प्रतिशत डिजिटलाइजेशन भइसकेका छन् । आगामी २०७५ वैशाखसम्म देश भरका सबै केबललाई एनालग प्रणालीबाट डिजिटलमा रुपान्तरण गर्ने सरकारको योजना रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै