तीन साहित्यकार गिरफ्तार

खरीबोट

काठमाडौँ ।  प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । 

प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

प्रलेसका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले विज्ञप्ति जारी गरी विनाकारण लेखकलाई नियन्त्रणमा लिइनु लेखकीय स्वतन्त्रताविपरीत भएको जनाउँदै तिनलाई तत्काल रिहा गर्न माग गरिएको छ । थपलिया ‘हाम्रो जलजला’ मासिकका सम्पादक पनि हुन । 

थपलियासँगै गिरफ्तार गरिएका साहित्यकार वैरागी जेठा र अच्युत तिवारीलाई दुई घण्टापछि प्रलेसका महासचिव डंगोल र अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव उत्तम अधिकारीको रोहवरमा रिहा गरिएको छ ।

सम्बन्धित समाचार

तीन साहित्यकार गिरफ्तार

काठमाडौँ ।  प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ ।  प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर

साहित्यकार विकलको ९०औँ जन्मजयन्ती मनाइयो

काठमाडौँ । साहित्यकार रमेश विकलको ९० औँ जन्मजयन्तीका अवसरमा उहाँको प्रतिमास्थल आरुबारीमा बाल प्रतिभा पुरस्कार वितरण गरिएको छ ।  विसं १९८५ कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन काठमाडौँको आरुबारीमा उहाँको जन्म भएको थियो

पूर्वसांसद तथा साहित्यकार जगदीशशम्शेर जबराको निधन

काठमाडौँ  ।  नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार ८८ वर्षीय जगदीशशम्शेर जबराको निधन भएको छ ।  जबराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको थियो ।  उनको निधनप्रति नेपाली काँग्रेसले आज एक विज्ञप्ति

साहित्यकार इल्या भट्टराईको ‘म साँच्चिकै हराइछु’ सार्वजनिक

काठमाडौँ, साहित्यकार इल्या भट्टराईद्वारा लिखित ‘म साँच्चिकै हराइछु’ नामक यात्रा संस्मरण सार्वजनिक भएको छ ।  लेखिका भट्टराईले सन् १९९० मा बेलायतमा गरेको यात्रालाई संस्मरणका रूपमा प्रकाशन गरेका हुन् । नेपाली साहित्य विकास