• २०८१ बैशाख १२ बुधबार

साझा यातायातद्धारा अशोक लेलैण्डका नयाँ डिलक्स बसहरु खरिद गर्ने सम्झौता  

kharibot

काठमाडौँ । साझा यातायातले अशोक लेल्याण्डका बसहरु खरिद गर्ने भएको छ ।

नेपालका लागि अशोक लेलैण्ड भेकल्स्को आधिकारीक विक्रेता आईएमई मोर्टस् र साझा यातायातबीच सो समबन्धमा हालै सम्झौता भएको छ । 

समझौतामा आईएमई मोर्टसका प्रमुख कार्याकारी अधिकृत कपिल शिवाकोटी र साझा यातायात सहकारी संस्थाका प्रमुख कार्याकारी अधिकृत महेन्द्र पाण्डेबीच अशोक लेलैण्डको सुविधा सम्पन्न डिलक्स बसहरु खरिद गर्ने सम्झौता प्रत्रमा हस्ताक्षर भएको छ ।

उक्त बसहरु १८० एचपी भएको इन्जिन, एयर सस्पेन्सन भएको लक्जेरियस बस, इनलाइन एफआईपी, एउटा इन्जिनले एसी र गाडी एकैसाथ चल्ने, न्यूनतम इन्धन खर्चमा उच्च प्रर्दशन गर्नुका साथै यस बसहरुले हाल बजारमा भएका बसहरुको भन्दा छिटो यात्रा समय तथा राम्रो सुविधा प्रधान गर्ने छ ।

उक्त बसहरुमा कम लागत, आरामदायी यात्रा र सुविधा तथा नौलोपन यात्रु महानुभावहरुले अनुभुती गर्न पाउने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै