• २०८१ बैशाख १३ बिहीबार

चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

kharibot

भक्तपुर ।  महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । 

सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प. १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षिय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

उक्त मोटरसाइकल काठमाडौँ २० भीमसेनस्थानबाट चोरी भएको अनुसन्धानको क्रममा खुल्न आएको र दुवै मोटरसाइकल तथा पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौँ पठाइएको प्रहरी प्रभाग भक्तपुरले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै