• २०८१ बैशाख ४ मंगलबार

नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित

kharibot

काठमाडौँ । नेपाल अन्डर १९ एशिया कप क्रिकेटमा सेमिफाइनलमा ७ विकेटले पराजित भएको छ । आज भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको हो ।

अफगानिस्तानले २०.३ ओभरमा १०८ रन बनाउदै नेपाललाई ७ विकेटले पराजित गरेको छ । अब प्रतियोगिताको फाइनल खेल अफगानिस्तान र पाकिस्तानबीच आइतबार हुने छ ।

वर्षाबाट प्रभावित भएको खेलमा अफगानिस्तानले टस जितेर नेपाललाई पहिला ब्याटिंगको निम्तो दिएको थियो । नेपालले अत्यन्त खराब सुरुवात गर्दै केबल २८ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो । नेपालका लागि अनिल शाहले ५० रन बनाए भने १४ रन अतिरिक्तका रुपमा पाएको थियो । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । अफगानिस्तानका मुजीबल रहमानले ६ विकेट लिएका थिए भने कसिक अहमदले २ विकेट लिएका थिए ।

१०४ रनको लक्ष्य पाएको अफगानिस्तानले आक्रामक सुरुवात गर्दै १८ ओभरमा एक विकेट गुमाएर ९४ रन बनाउँदा बर्षाले खेल रोकिएको थियो । केहीबेर पछि बर्षा रोकिए पछि खेलसुरु भएको थियो । खेलमा नेपालले थप २ विकेट लिएको थियो ।

अफगानिस्तानका लागि ओपनर रह्मानुल्लाह गुर्बाजले ७१ रन बनाए भने इकराम अलि खिलले १८ रन बनाएका थिए । नेपालका सन्दीप लामिछाने, पवन सराफ र कमलसिंह ऐरीले एक एक विकेट लिएका थिए ।

यस प्रतियोगिताको सबैभन्दा ठुलो उपलब्धि समुह चरणमा भारतलाई पराजित गर्नु रह्यो । नेपालले भारतलाई अहिलेसम्म खेलेका कुनै पनि तहका खेलमा हराएको यो नै पहिलो पटक हो । त्यस्तै यस प्रतियोगितामा कप्तान दिपेन्द्र सिंह ऐरी, बलर सन्दीप लामिछाने, ब्याट्सम्यान अनिल शाह, बलर शाहब आलम, पवन सराफले राम्रो प्रदर्शन गरे ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै