• २०८१ बैशाख ८ शनिबार

अन्डर १९ एसिया कप : नेपालविरुद्ध अफगानिस्तानले जवाफी ब्याटिंग गर्दै (लाइभ भिडियो) 

kharibot

काठमाडौँ । मलेसियामा जारी अन्डर १९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ ।

अफगानिस्तानको कसिलो बलिंगका गाडी नेपाली ब्याटिंग लाइनअप धारासायी भएको थियो । निर्धारित ५० ओभरको खेलमा नेपालले २८ ओभरमा अल आउट हुदै केबल १०३ रन बनाएको छ । अहिले अफगानिस्तानले जवाफी ब्याटिंग गरिरहेको छ  ।

अहिलेसम्म तीन पटकसम्म एसियाकपको सेमिफाइनलमा पुगेर हारेको अफगानिस्तानका लागि नेपाललाईलाई रोक्ने चुनौती हुने छ भने नेपालले पनि यस अघि लगातार सबै तहमा अफगानिस्तानसँग पाएको हारको बदला लिने सहि मौका हुने छ यो खेल ।

नेपालले प्रतियोगियामा पहिलो खेलमा अन्तिम ओभरमा बंगलादेशसँग पराजित भएपनि दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन भारतलाई हराएर सनसनी मच्चाएको थियो ।  प्रतियोगिताको दाबेदार मानिएको भारतलाई घर फर्काउन नेपालसँगको हार नै प्रमुख कारण बन्यो । नेपालले तेस्रो खेलमा आयोजक मलेसियालाई स्टाइलले पराजित गरेको थियो ।  

नेपालका लागि फर्ममा रहेका कप्तान दिपेन्द्र सिंह ऐरी र स्पिनर सन्दीप लामिछानेको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै