• २०८१ बैशाख ७ शुक्रबार

म सात बच्चाको पिता र सात बेलुन डो अर जित्न चाहन्छु – रोनाल्डो 

kharibot

काठमाडौँ । रियल म्याड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफुले आफ्ना सात बच्चा र सात बेलुन डो अर जित्न चाहेको बताएका छन् । 

एल एक्युपसँगको अन्तर्वार्ताका क्रममा रोनाल्डोले सो कुरा बताएका हुन् । हालै आफ्नो चौथो बच्चाका पिता बनेका रोनाल्डोले हालै उनको भइरहेको आलोचना प्रति पनि टिप्पणी गरेका छन् । रोनाल्डोले मैले मेरा सबै आलोचनालाई सकारात्मक रुपमा लिएको छु तर त्यो कुरालाई स्वीकार भने नगर्ने बताएका छन् । 

उनले आफु अहिलेपनि उत्तिकै राम्रो खेल्न सक्षम रहेको बताउदै यस बर्षको बेलुन डो अर पनि आफुले जित्ने दाबि गरेका छन् । 

मैले मेरो आलोचना गर्नबाट संसारलाई रोक्न सक्दिन भन्दै रियल म्याड्रिड कुनै पनि प्रतिद्वन्दीबाट नडराउने बताए । हामी लगातार दुई पटक च्याम्पियन्स लिग जितेका टिम हौ भन्दै रोनाल्डोले त्यो कुराको सम्मान गर्ने बताए ।

अन्तर्वार्तामा रोनाल्डोले आफुले अझै धेरै हासिल गर्न बाँकी रहेको बताउदै मलाई जहिले पनि गोल गरेको आधारमा मात्र मुल्यांकन गरिएको बताए । उनले गोल मात्र गर्नु सधै भरि महत्वपूर्ण नहुने बताउदै यो आफ्नो हातमा नभएको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै