• २०८१ बैशाख ८ शनिबार

अन्डर १९ एसिया कप : दोस्रो सेमिफाइनलमा आज नेपालले अफगानिस्तानको सामना गर्दै 

kharibot

काठमाडौँ । मलेसियामा जारी अन्डर १९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा केहीबेर पछि नेपाल अफगानिस्तानसँग प्रतिष्पर्धा गर्दै छ । 
आजको विजेता टिमले पाकिस्तानसँग फाइनल खेल्ने छन् । 

अहिलेसम्म तीन पटकसम्म एसियाकपको सेमिफाइनलमा पुगेर हारेको अफगानिस्तानका लागि नेपाललाईलाई रोक्ने चुनौती हुने छ भने नेपालले पनि यस अघि लगातार सबै तहमा अफगानिस्तानसँग पाएको हारको बदला लिने सहि मौका हुने छ यो खेल ।

नेपालले प्रतियोगियामा पहिलो खेलमा अन्तिम ओभरमा बंगलादेशसँग पराजित भएपनि दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन भारतलाई हराएर सनसनी मच्चाएको थियो ।  प्रतियोगिताको दाबेदार मानिएको भारतलाई घर फर्काउन नेपालसँगको हार नै प्रमुख कारण बन्यो । नेपालले तेस्रो खेलमा आयोजक मलेसियालाई स्टाइलले पराजित गरेको थियो ।  

नेपालका लागि फर्ममा रहेका कप्तान दिपेन्द्र सिंह ऐरी र स्पिनर सन्दीप लामिछानेको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै