• २०८१ बैशाख ८ शनिबार

रोनाल्डो र रामोसको विवादले रियल म्याड्रिडको संकट बढ्दै 

kharibot

काठमाडौँ । स्पेनिस फुटबलको महारथी क्लब रियल म्याड्रिडको संकट झन् बढ्ने संकेत देखा परेको छ ।

क्लबका दुई ठुला खेलाडी क्रिस्टियानो रोनाल्डो र कप्तान सर्जियो रामोसको विवादले क्लब झन् संकटमा पर्ने देखिएको स्पेनिस मिडिया ले उल्लेख गरेका छन् । पछिल्लो समय क्लबको प्रदर्शन बारे सर्वत्र आलोचना भैरहेका बेला दुई ठुला खेलाडी बीच क्लबको हालको स्थितिका विषयमा फरक कुरा बाहिर आएपछि दुवै बीच सबैकुरा ठिक नभएको कुरा सार्वजनिक भएको हो । 

स्पेनिस पत्रिका मार्काले रोनाल्डो र रामोस विवाद बारे रिपोर्ट प्रकासित गरेको छ ।

रोनाल्डोले रियलबाट खेलाडीहरु जेम्स रोड्रीगेज, पेपे र अल्भारो मोरटा जस्ता खेलाडी बाहिरिएका कारण उनको ठाउमा आएका खेलाडीहरुसँग टिमको कम्बिनेसन बन्न नसकेको विचार सार्वजनिक रुपमा नै राखेका थिए । दुई साता अघि टोटनह्यामसँग च्याम्पियन्स लिगमा पराजित भएपछि रोनाल्डोले सो प्रतिक्रिया दिएका थिए । उनले रियलमा अहिले अनुभवी खेलाडीको कमि भएकाले जित हासिल गर्न समस्या भएको बताएका थिए । 

तर रियलका कप्तान रामोसले भने रोनाल्डोको भन्दा उल्टो प्रतिक्रिया दिएर दुवै बीच विवाद रहेको संकेत दिएका थिए । हालै रसियास्नाग्को मैत्रीपूर्ण खेल खेल्न मस्को पुगेका रामोसले ३-३ को बराबरी खेलेपछि प्रतिक्रिया दिदै रोनाल्डोले रियल छोड्ने बारे आफुलाई थाहा नभएको र उनलाई नै सोध्न भनेका थिए । 

साथै रामोसले नेइमारको लागि रियलको ढोका खुल्ला रहेको पनि बताएर रोनाल्डोलाई काउन्टर दिन खोजेका थिए । 

हाल ला लिगामा बार्सिलोना भन्दा ८ अंकले पछाडी रहेको रियल लिगको तेस्रो स्थानमा रहेको छ भने च्याम्पियन्स लिगमा दोस्रो चरणमा पुगेपनि टोटनह्यामसँगको हारले रियल यस सिजनमा राम्रो प्रदर्शन गर्न संघर्ष गरिरहेको र टिममा सबै कुरा ठिक नभएको देखिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै