रोनाल्डो र रामोसको विवादले रियल म्याड्रिडको संकट बढ्दै 

खरीबोट

काठमाडौँ । स्पेनिस फुटबलको महारथी क्लब रियल म्याड्रिडको संकट झन् बढ्ने संकेत देखा परेको छ ।

क्लबका दुई ठुला खेलाडी क्रिस्टियानो रोनाल्डो र कप्तान सर्जियो रामोसको विवादले क्लब झन् संकटमा पर्ने देखिएको स्पेनिस मिडिया ले उल्लेख गरेका छन् । पछिल्लो समय क्लबको प्रदर्शन बारे सर्वत्र आलोचना भैरहेका बेला दुई ठुला खेलाडी बीच क्लबको हालको स्थितिका विषयमा फरक कुरा बाहिर आएपछि दुवै बीच सबैकुरा ठिक नभएको कुरा सार्वजनिक भएको हो । 

स्पेनिस पत्रिका मार्काले रोनाल्डो र रामोस विवाद बारे रिपोर्ट प्रकासित गरेको छ ।

रोनाल्डोले रियलबाट खेलाडीहरु जेम्स रोड्रीगेज, पेपे र अल्भारो मोरटा जस्ता खेलाडी बाहिरिएका कारण उनको ठाउमा आएका खेलाडीहरुसँग टिमको कम्बिनेसन बन्न नसकेको विचार सार्वजनिक रुपमा नै राखेका थिए । दुई साता अघि टोटनह्यामसँग च्याम्पियन्स लिगमा पराजित भएपछि रोनाल्डोले सो प्रतिक्रिया दिएका थिए । उनले रियलमा अहिले अनुभवी खेलाडीको कमि भएकाले जित हासिल गर्न समस्या भएको बताएका थिए । 

तर रियलका कप्तान रामोसले भने रोनाल्डोको भन्दा उल्टो प्रतिक्रिया दिएर दुवै बीच विवाद रहेको संकेत दिएका थिए । हालै रसियास्नाग्को मैत्रीपूर्ण खेल खेल्न मस्को पुगेका रामोसले ३-३ को बराबरी खेलेपछि प्रतिक्रिया दिदै रोनाल्डोले रियल छोड्ने बारे आफुलाई थाहा नभएको र उनलाई नै सोध्न भनेका थिए । 

साथै रामोसले नेइमारको लागि रियलको ढोका खुल्ला रहेको पनि बताएर रोनाल्डोलाई काउन्टर दिन खोजेका थिए । 

हाल ला लिगामा बार्सिलोना भन्दा ८ अंकले पछाडी रहेको रियल लिगको तेस्रो स्थानमा रहेको छ भने च्याम्पियन्स लिगमा दोस्रो चरणमा पुगेपनि टोटनह्यामसँगको हारले रियल यस सिजनमा राम्रो प्रदर्शन गर्न संघर्ष गरिरहेको र टिममा सबै कुरा ठिक नभएको देखिएको छ ।  
 

सम्बन्धित समाचार

रियल म्याड्रिडलाई हराउदै एथलेटिकोले जित्यो युइएफए सुपरकपको उपाधि

काठमाडौँ।  एथलेटिम्याड्रिडले रियल म्याड्रिड पराजित गर्दै यूएफए सुपरकपको उपाधि जितेको छ । च्याम्पियन्स लिग विजेता र युरोपियन कप विजेता टिमबीच खेलिने यस सुपरकपमा एथलेटिकोले अतिरिक्त समयसम्म खेलिएको खेलमा रियललाई ४-२

रोमामाथि रियल म्याड्रिडको जित, ग्यारेथ बेलले रोनाल्डोको ठाउ लिदै 

काठमाडौँ।  रियल म्याड्रिडले हाल जारी इन्टरनेशनल च्याम्पियन्स कपमा इटालियन क्लब एएस रोमालाई पराजित गरेको छ।  बुधबार बिहान भएको खेलमा रियलले रोमालाई २-१ गोल अन्तरले पराजित गरेको हो।  रियलको जितमा मारको एसेन्सियो

रोनाल्डो बिना रियल म्याड्रिडको पहिलो जित, युभेन्टस ३-१ ले पराजित 

काठमाडौँ।  स्पेनिस क्लब रियल म्याड्रिडले इन्टरनेशनल च्याम्पियन्स कपमा  गरेको छ।  रियलले क्रिस्टियानो रोनाल्डोले क्लब छोडेपछि खेलेको खेलमा पहिलो जित हासिल गरेको हो। रियल म्याड्रिडले रोनाल्डोकै नयाँ क्लब युभेन्टसलाई ३-१ गोल अन्तरले

रोनाल्डोले छोडेपछि खेलेको पहिलो खेलमा रियल म्याड्रिड पराजित 

काठमाडौँ। इन्टरनेशनल च्याम्पियन्स कपमा म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ।   आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई गुमाएपछि रियलले खेलेको पहिलो खेलमा हारको सामना गरेको छ। युनाइटेडले रियलमाथि २-१