• २०८१ बैशाख ७ शुक्रबार

जुत्तामा लुकाएर डलर तस्करी गर्ने भारतीय नागरिक पक्राउ

kharibot

हेटौंडा । नेपाल प्रहरीले जुत्तामा लुकाएर डलर लैजाँदै गर्दा आज एक जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान ५ बजे ३५ हजार अमेरिकी डलर जुत्तामा लुकाएर वीरगञ्ज लाँदै गर्दा भारतीय नागरिक शेषनाथ प्रसाद पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरले भारतीय नागरिक शेषनाथलाई डलरसहित हेटौँडामा पक्राउ गरेको हो । उनी ना.६ख ६२९१ नम्बरको बसमा काठमाडौंबाट वीरगञ्ज गइरहेका थिए ।

आफूले लगाएको जुत्ताभित्र उक्त परिमाणको डलर तस्करी गरी वीरगञ्ज लाँदै गर्दा प्रसादलाई पक्राउ गर्न सफल भएको जिप्रका मकवानपुरका प्रवक्ता प्रनाउ दिलिप राज झाले बताए । उनका अनुसार प्रसाद भारत विहारका नागरिक हुन् ।

उनलाई प्रहरीले राजस्व अनुसन्धान विभाग ललितपुरमा बुझाउने तयारी गरेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै