• २०८१ बैशाख १२ बुधबार

नेपालकै होचा कलाकार दिपेन शाहको निधन 

kharibot

काठमाडौं ।  नेपालका होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । केही दिनअघि ज्वरो आएर अस्पताल भर्ना भएका ३१ इन्चमात्र कद भएका शाहको उपचारको क्रममा बिहिबार बिहान ७ बजे निधन भएको हो ।

ज्वरो आएपछि अस्पताल भर्ना भएका दिपेनको मृगौलामा समस्या देखिएको बताइएको छ ।

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका दिपेन हाँस्य चलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । 

दोलखा घर भएका कलाकार शाहले गिनिज बुक वल्ड रेकर्डमा संसारकै होचो कलाकारको रुपमा आफ्नो दावी पेश गरेका थिए । उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए ।

केही समय अघि निर्माण भएको होचापुड्का कलाकारहरु अभिनित चलचित्र ‘सारथी’ मार्फत अभिनय यात्रामा लागेका शाहले गिनिज बुक वल्ड रेकर्डमा संसारकै होचो कलाकारको रुपमा दावी गरेका थिए।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै