• २०८१ बैशाख १४ शुक्रबार

मोरङको चुनावी मैदानमा गुरु-चेला

kharibot

पथरी, मोरङ । नेपालमै पहिलोपटक हुन लागेको प्रदेशसभा निर्वाचनमा यहाँ पृथक र अनौठा स्थिति देखिएका छन् । 

नेपाली काँग्रेस र वाम गठबन्धनको भिडन्तले प्रदेशसभामा कसले चुनाव जित्ला भनेर ठोकुवा गर्ने अवस्था छैन । 

प्रदेशसभाको चुनावमा वाम गठबन्धनका तर्फबाट मोरङको क्षेत्र नं ६ को प्रदेशमा पूर्व प्राध्यापक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेल र जीवन आचार्य चुनावी मैदानमा छन् । 

आचार्यलाई पोखरेलले स्थानीय महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षमा ‘नेपाल परिचय’ विषय पढाएका थिए । पोखरेल एमालेका पुराना कार्यकर्ता हुन् । उनी गुरु चेला नै निर्वाचनमा भिड्दै छन् 

पोखरेलका अर्का प्रतिस्पर्धी नेपाली काँग्रेसका युवा तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य केदार कार्की पनि चुनावी मैदानमा छन् । पोखरेल कार्कीका पनि गुरु हुन् । 

कार्कीलाई पोखरेलले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमै पढाएका हुन् । कार्कीलाई राजतन्त्रको विरोधमा उत्रिएको आरोपमा २०६२÷०६३ को जनआन्दोलनमा तत्कालीन शाही सेनाले पक्राउ गरेको थियो । उनले १९ दिन जेल जीवन पनि बिताएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै