• २०८१ बैशाख ४ मंगलबार

रसिया विश्वकपमा सहभागी ३२ टिमको टुंगो लाग्यो, यसरी हुदै छ समुह विभाजन 

kharibot

काठमाडौँ । आगामी बर्ष रसियामा हुने विश्वकप फुटबलमा सहभागी ३२ टिमको टुंगो लागेको छ । 

यस विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङल्याण्ड, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, पोर्चुगल, फ्रान्स, स्वीट्जरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क छनौट भएका छन् ।

त्यस्तै दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्विया र पेरु छनौट भएका छन् । एशियाबाट इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया र अस्ट्रेलिया छानिएका छन् । त्यस्तै उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पनामा विश्वकपमा छनौट भएका छन् ।

अफ्रीकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, मोरोक्को र ट्युनिसिया छनौट भएका छन् ।

ड्र कहिले र कसरी हुन्छ ?

विश्वकप फुटबलको ड्र आगामी डिसेम्बर १ तारिख अर्थात मङ्सिर १५ गते मस्कोमा हुदै छ । फिफाका अनुसार ड्रमा ३२ टिमलाई ८ समुहमा विभाजन गरिने छ ।

फिफाको हालको वरियता अनुसार शिर्ष वरियताका ७ टिम र आयोजक रसियालाई एउटा पटमा राखिने छ । त्यसपछिका वरियताका ८ टिमलाई अर्को पटमा राखिने छ । यसै गरी ३२ टिमलाई ४ पटमा विभाजन गरिने छ । यसरी हरेक समुहमा चार टिम छानिने छ । रसिया आयोजक भएको हिसाबले समुह ए मा रहने फिफाले जनाएको छ । त्यस्तै हालको वरियता अनुसार आयोजक रसियासहित जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, बेल्जियम, पोल्याण्ड र फ्रान्सलाई एक पटमा राखिने भएको छ । यसबाट शिर्ष वरियताका यी टिमहरु एउटा समुहमा नपर्ने निश्चित भएको छ । 

हरेक समुहका टिमहरु एक अर्कासँग खेले पछि शिर्ष दुई टिम दोस्रो चरणमा प्रवेश गर्ने फिफाले जनाएको छ ।

कहिले हुदै छ विश्वकप फुटबल ?

रसियामा हुने फिफा विश्वकप आगामी जुन १४ विहिबार देखि सुरु हुने छ । आयोजक रसियाले पहिलो खेल खेल्ने छ । विश्वकपको फाइनल खेल जुलाई १५ आइतबार मस्कोमा हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै