• २०८१ बैशाख ७ शुक्रबार

मालपोतका अधिकृतसहित तीनजना विरुद्ध मुद्धा दायर

kharibot

फाइल तस्विर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालयका अधिकृत चक्रबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

सार्वजनिक जग्गा अन्य व्यक्तिका नाममा नामसारी गरिदिने बाहानामा एक सेवाग्राहीसँग घुस लिँदालिँदै मालपोत अधिकृत श्रेष्ठ, नायब सुब्बा राजकुमार घिमिरे र खरिदार दुर्गाप्रसाद पोखरेललाई रु पचास हजार घुस लिँदालिँदै कौशलटारको एक रेस्टुराँबाट आयोगले पक्राउ गरेका थिए । 

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार कार्यालय समयभन्दा बाहिर सरकारी कागजात बोकेर हिँडेको अभियोगमा नायब सुब्बा दिनेश रेग्मीसँग पनि रु ५० हजार असुलउपर गर्न माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै