• २०८१ बैशाख ७ शुक्रबार

विश्वकप छनौटमा असफल इटालीद्वारा कोच भेन्तुरा बर्खास्त

kharibot

काठमाडौँ । विश्वकपबाट बाहिरिए पछि इटालीले आफ्ना कोच गियान पिएरो भेन्तुरालाई बर्खास्त गरेको छ । ६० बर्ष पछि विश्वकपमा छनौट हुन् असफल भएको इटालीले बुधबार एक विज्ञप्ति जारी गर्दै कोचलाई बर्खास्त गरेको जनाएको छ ।

विश्व फुटबलमा बलियो टिम मानिएको इटाली स्विडेनसँगको प्लेअफको दोस्रो लिगमा बिना कुनै गोल बराबरीमा रहेपछि पहिलो लिगमा १-० को बढ्तको आधारमा स्विडेन छानुत भएको थियो ।

इटालीको फुटबल फेडेरेशनले कोच भेन्तुराले राजिनामा दिन अस्विकार गरेपछि उनि सहित उनको सम्पूर्ण प्राविधिक टिमलाई हटाएको जानकारी दिएको छ । 

कोच भेन्तुराले भने पुर्णरुपमा प्रयास गर्दा पनि गोल गर्न असफल भएको भन्दै आफुहरुलाई भाग्यले साथ् नदिएको बताएका छन् । ६९ बर्षिय भेन्तुराले डेढ बर्ष अघि हाल चेल्सीका म्यानेजर एन्टोनी कोन्टेको ठाउ लिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै