• २०८१ बैशाख १२ बुधबार

चेल्सीका अरबपति मालिकले गरे आफ्नी पत्नीसँग डिभोर्स 

kharibot

रोमन अब्रामोविच र डाशा झुकोभा

चेल्सी क्लबका रसियन बिलिनियर मालिक रोमन अब्रामोविचले आफ्नी पत्नी डाशा झुकोभासँग डिभोर्स गरेका छन् ।

उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै डिभोर्स गरेको जानकारी दिएका छन् । ५० बर्षिय रोमनले उनकी ३६ बर्षिय श्रीमती झुकोभालाई डिभोर्स दिदै व्यापारमा भने उनिहरु सँगै काम गर्ने जनाएका छन् । डिभोर्ससँगै उनीहरुको १० बर्षको वैवाहिक जीवनको अन्त्य भएको छ ।

विज्ञप्तिमा उनीहरुले छुट्टिने गार्हो निर्णय गरेको बताउदै उनीहरुका दुई बच्चालाई सँगै हेर्ने बताएका छन् । उनीहरुले सन् २००८ मा एक निजी कार्यक्रम गरेर विवाह गरेका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै