चेल्सीका अरबपति मालिकले गरे आफ्नी पत्नीसँग डिभोर्स 

खरीबोट

रोमन अब्रामोविच र डाशा झुकोभा

चेल्सी क्लबका रसियन बिलिनियर मालिक रोमन अब्रामोविचले आफ्नी पत्नी डाशा झुकोभासँग डिभोर्स गरेका छन् ।

उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै डिभोर्स गरेको जानकारी दिएका छन् । ५० बर्षिय रोमनले उनकी ३६ बर्षिय श्रीमती झुकोभालाई डिभोर्स दिदै व्यापारमा भने उनिहरु सँगै काम गर्ने जनाएका छन् । डिभोर्ससँगै उनीहरुको १० बर्षको वैवाहिक जीवनको अन्त्य भएको छ ।

विज्ञप्तिमा उनीहरुले छुट्टिने गार्हो निर्णय गरेको बताउदै उनीहरुका दुई बच्चालाई सँगै हेर्ने बताएका छन् । उनीहरुले सन् २००८ मा एक निजी कार्यक्रम गरेर विवाह गरेका थिए ।  
 

सम्बन्धित समाचार

मेसीको चेल्सीविरुद्ध क्यारियर कै पहिलो गोल, यी हुन् मेसीले गोल नगरेका प्रमुख टिम 

काठमाडौँ । लियोनेल मेसीले चेल्सीविरुद्ध आफ्नो क्यारियर कै पहिलो गोल गरेका छन् ।  गएराती भएको च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को पहिलो लिगमा मेसीले खेलको ७५औ मिनेटमा गोलगर्दै इङलिश च्याम्पियन चेल्सीविरुद्ध

बार्सिलोना र चेल्सी बराबरीमा, मेसीले गरे चेल्सीविरुद्ध पहिलो गोल 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र चेल्सी बराबरीमा रोकिएका छन् । गएराती चेल्सीको घरेलु मैदानमा भएको अन्तिम १६ को पहिलो लिगमा दुवै टमले १-१ गोल गरेपछि बराबरीमा रोकिएका हुन् ।  पहिलो

चेल्सीको संकट बढ्यो, वाटफोर्डसँग ४-१ गोलले पराजित 

काठमाडौं । इङलिश प्रिमियर लिगमा लगातर दोस्रो खेलमा पराजित भएपछि चेल्सीको संकट बढेको छ ।  म्यानेजर एन्टोनी कोन्टेले चेल्सी छोड्ने हल्लाका बीच क्लबले हार बेहोरेपछि क्लब र म्यानेजरबीचको विवाद झन् बढ्ने

घरेलु मैदानमा चेल्सीको लजास्पद हार  

काठमाडौँ । इङलिश प्रिमियिर लिग अन्तर्गत चेल्सी बोर्नमाउथसँग पराजित भएको छ । चेल्सीको घरेलुमैदानमा ऐतिहासिक जित निकाल्दै बोर्नमाउथले चेल्सीलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।  पहिलो हाफ बिना कुनै गोल