• २०८१ बैशाख १२ बुधबार

ओलीको विप्लवलाई कटाक्ष : काटमार गर्ने रहर भए बुचर हाउस खोले हुन्छ !

kharibot

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका प्रमुख नेत्र विक्रम चन्द ‘विप्लव’ डोकोमा बिरामी बोक्न सल्लाह दिएका छन् ।

बाम गठबन्धनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओलीले आफ्ना उम्मेद्वारहरु माथि पछिल्लो समय भएको बारे बोल्दै ओलीले विप्लवलाई यस्तो सल्लाह दिएका हुन् । 

ओलीले सरकारसँग मिलेमतोमा विप्लव परिचालित भएको आरोप लगाउदै भने-‘कहाँ अर्काका लागि सिखण्डी भएका छौ ड्याङ ड्याङ डुङ डुङ गरेका छौ बेकार’, ‘विप्लव.. ती भाइलाई मेरो सुझाव छ, यो गलत बाटो छाड्देउ। कहाँ पुग्न हिँडेको।’

ओलीले विप्लव भाइलाई म अलिकति सम्झाउन भन्दै-‘युवा छौ, बलिया छौ। बाटो नभएको ठाउँबाट एउटा बिरामी काँधमा बोकेर अस्पताल पुर्‍याइदियौ भने तिमीले जिन्दगरीभरी गरेको भन्दा ठूलो काम हुन्छ ।’

अध्यक्ष ओलीले विप्लवलाई बलिष्ठ शरिरले डोकामा नाम्लो लगाएर बिरामी अस्पताल पुर्‍याउन  सुझाव दिदै त्यसो भयो भने विप्लव हाइ हाइ हुने बताए ।  ओलीले काटमार गर्ने रहर भए बुच्र हाउस खोल्न सुझाव दिदै भने, ‘म उहाँलाई सुझाव दिन्छु धेरै काटमार गर्ने मन भए बुचर हाउस खोलेहुन्छ ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै