• २०८१ बैशाख १३ बिहीबार

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारसँग अनुरोध

kharibot

काठमाडौँ   नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकार पक्राउ गर्न माग गरिएको छ । 

हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेकामा महासंघले नेपाल प्रहरीलाई धन्यवाद दिएको छ । महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै घटनाको सूक्ष्म अध्ययन अनुसन्धान गरी प्रहरीले पाएको सफलता प्रशंसायोग्य रहेको उल्लेख गरे । 

प्रहरी अनुसन्धानमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउने सबैप्रति विशेष आभार व्यक्त गर्दै उनले हत्यारा पत्ता लगाउन निरन्तर दबाब दिने सञ्चार माध्यम, राजनीतिक दल, निजी क्षेत्रसहित सम्बन्धित सबैप्रति कृतज्ञता जाहेर गरेका छन् ।

हत्याका मुख्य योजनाकारसहित आठ जना अझै फरार रहेको अवस्थाले देशभरका निर्माण व्यवसायीलाई अत्यन्त त्रसित तुल्याएको विज्ञप्तिमा उल्लेख छ । 

मुख्य योजनाकारसहित आठै जनालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्नका लागि विशेष कदम चाल्न जोडदार माग गर्दै अध्यक्ष श्रेष्ठले सबै खाले निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारसँग अनुरोध गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै