• २०८१ बैशाख १२ बुधबार

चुनावलगत्तै बाहिरी चक्रपथको शिलान्यास गर्ने सहरी विकासमन्त्रीको घोषणा

kharibot

काठमाडौं । सरकारले चुनावलगत्तै उपत्यकाको बहुप्रतीक्षित सडक आयोजना बाहिरी चक्रपथ निर्माणकार्यलाई देखिने गरी नै काम गर्ने भएको छ । आगामी मंसिर २१ गते हुने प्रदेश तथा केन्द्रको चुनावलगत्तै उक्त सडक निर्माणको शिलान्यास गर्ने भएको हो ।

कुल ७२ किमि लामो चक्रपथ निर्माणको कामलाई सरकारले सुरुमा चोभारदेखि सतुंगलसम्म कुल ६.६ किमि शिलान्यास गर्ने बुधबार सहरी विकासमन्त्री दिलनाथ गिरीले जानकारी दिएका हुन् । मन्त्री गिरीले आज मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गरी शिलान्यासको घोषणा गरेका हुन् ।

मन्त्री गिरी

यसको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । विगत १३ वर्षअघि नै बाहिरी चक्रपथ निर्माणको घोषणा गरिए पनि सरकारले बल्ल आएर पहिलो चरणमा उक्त खण्डको शिलान्यास गरी निर्माणकार्य अगाडि बढाउने घोषणा गरेको हो । जग्गा प्राप्ति ऐन २०३४ अनुसार जग्गाधनीसँग अधिग्रहण गरी जग्गाको विकास गरी जनतालाई नै दिने तयारी सरकारले गरेको मन्त्री गिरीले जानकारी दिए ।  

पहिलो खण्डमा बाहिरी चक्रपथको चोभारदेखि भत्केको पाटी, मच्छे गाउँ, गाम्चा हुँदै सतुंगलसम्म निर्माण गरिनेछ । उक्त सडकखण्डमा जोडिएका ठाउँमा आधुनिक घरघडेरी तयार गरी जग्गाधनीलाई नै हस्तान्तरण गरिने गरी काम अगाडि बढाउन लागिएको हो । पहिलो खण्ड निर्माणको लागि करिब छ अर्ब लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै