• २०८१ बैशाख ११ मंगलबार

विदेशमा हुनुहुन्छ ? ग्लोबल आईएमई बैंकले ल्यायो अनलाइनबाटै खाता खोल्ने सुविधा

kharibot

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले अब अनलाइनबाटै खाता खोल्ने व्यवस्था मिलाएको छ । विशेषगरी विदेशमा बस्ने नेपालीहरुलाई खाता खोल्न सहज होस् भन्ने उद्देश्यले बैंकले अनलाइन खाता खोल्ने व्यवस्था मिलाएको हो ।

बैंकका अनुसार यो व्यवस्थाअन्तर्गत अनलाइनमार्फत जुनसुकै समयमा आफूले चाहेको शाखामा खाता खोल्न सकिनेछ । त्यस्तै विदेशमा बस्ने नेपालीहरुले अनलाइनमार्फत खाता खोली इमेलमार्फत खाता नम्बर प्राप्त गर्न सक्ने बंैकको भनाइ छ । उक्त खातामार्फत सजिल्यैसँग रेमिट्यान्स नेपालमा पठाउन सकिनेछ ।

यो सेवा प्रयोग गर्नका लागि बैंकको वेबसाइट www.globalimebank.com  मा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सकिनेछ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०८ वटा शाखा ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, १२५ वटा एटीएम, ४६ वटा  शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ८ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै