नासाले आणविक शक्तियुक्त रकेट इन्जिनको परीक्षण यही महिनामा सुरु गर्ने

खरीबोट

उत्तर अमेरिका । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले बहुप्रतीक्षित आणविक रकेट इन्जिनको परीक्षण यही वर्ष गर्ने भएको छ ।

युरेनियम रियाक्टर प्रयोग हुने र दोब्बर किलोपावर शक्तिशाली क्षमतायुक्त इन्जिनको सहायताले नासाले मंगलग्रहको सतहमा मानव पुर्याउने महत्वाकांक्षा लिएको छ । किलोपावर प्रोजेक्टको लागि नासाको अन्तरिक्ष प्रविधि मिसन निर्देशनालय (एसटीएमडी)ले धेरै वर्ष लगाएको छ । उक्त इन्जिनले १० किलोवाटको विद्युतीय शक्ति निरन्तर १० वा सोभन्दा धेरै वर्षसम्म प्रवाह गर्नेछ ।  

नासाले यसको परीक्षण यही नोभेम्बरमा गर्ने तयारी गरेको हो । यो परीक्षण नयाँ वर्षको सुरुवाती महिनासम्म निरन्तर हुनेछ । यसका लागि नासाले अमेरिकाको ऊर्जाविभागसँग सहकार्य गरेको जनाएको छ । यसबाट अन्तरिक्ष उडान विकासमा प्रविधिको प्रयोग गर्न यसले सघाउ पुर्याउने नासाले जनाएको छ ।

परीक्षणका क्रममा नासाका विज्ञहरुले हार्डवेयरले काम गरे नगरेको विश्लेषण गर्नेछन् । नासालाई टेन्निसीको ओक रिजमामा रहेको द वाई१२ नेशनल सेक्युरिटी कम्प्लेक्सले परीक्षणका लागि रियाक्टर उपलब्ध गराएको हो ।

यदि यो सफल भए यो इन्जिनले मंगलमिसनका लागि गेम चेन्जरको भूमिका खेल्नेछ भने मिसनका क्रममा दिन र रातमा समेत मज्जाले इन्जिनले काम गर्नेछ ।

नासाले सन् २०१८ मा मंगलग्रहमा मान्छे उतार्ने मिसनलाई अघि बढाइरहेको सन्दर्भमा यो परीक्षण सफल भए मिसनै सफल हुनसक्नेछ ।

  • डेली मेलबाट भावानुदित ।

सम्बन्धित समाचार

शनिग्रहजत्रै ७०० प्रकाशवर्ष टाढाको एक्सोप्लानेटमा पानी भेटिएको नासाको खुलासा 

युरोप । हाम्रो अर्थात् पृथ्वीको सौर्यप्रणालीबाहिर रहेको एउटा ठूलो ग्रह (एक्सोप्लानेट)को वायुमण्डलमा पर्याप्त पानीको परिमाण फेला परेको वैज्ञानिकहरुले बताएका छन् । डब्ल्युएएसपी–३९बी नामको उक्त ग्रह पृथ्वीभन्दा ७०० प्रकाशवर्ष टाढा रहेको छ

‘ओली प्रधानमन्त्री बन्नासाथ मोदी नेपाल भ्रमणमा आउने’

काठमाण्डौ । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने खुलासा गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले

नासाको 'मंगल खोज यान'ले मंगलग्रहबाट नयाँ सेल्फी पठायो !

उत्तर अमेरिका । नासाको लोकप्रिय मंगल खोज रोभर (मार्स क्युरिओसिटी रोभर) ले मंगलग्रहबाट नयाँ सेल्फी पठाएको छ । सेल्फीमा रोभरको शीर्षभाग (हेड) देख्न सकिन्छ, जसको पृष्ठभूमिमा धूलोको बाक्लो सतह रहेको

थोरै दूरीले टर्ने भयो पृथ्वी र उल्कापिण्डबीचको दुर्घटना !

एउटा एष्टोरोइड (उल्कापिण्ड)ले अर्को महिनाको पहिलो हप्ता अर्थात् फेब्रुअरी ४ सम्ममा पृथ्वीको एकदमै नजिक भएर जाने भएको छ । अन्तरिक्ष विज्ञहरुका अनुसार दुवईमा रहेको विश्वकै अग्लो बुर्ज खालिफाभन्दा ठूलो आकारको