• २०८१ बैशाख ७ शुक्रबार

अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ

kharibot

काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुसकाण्डमा संलग्न रहेको भन्दै पाण्डेलाई बुधबार पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको आरोपमा मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट पौडल र केसी पक्राउ परेका थिए ।

उनीहरूकै बयानका आधारमा महानिर्देशक पाण्डे पक्राउ परेका हुन् । पाण्डेले नै उनीहरूलाई परिचालन गरेको खुलेपछि उनलाई पक्राउ गरिएको बताइएको छ ।

आगामी मंसिर ६ गते अवकाश लिने तयारीमा रहेका पाण्डे अहिले अख्तियारको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै