• २०८१ बैशाख ६ बिहीबार

राष्ट्र बैंकद्वारा आजबाट ब्याजदर करिडोर लागू

kharibot

काठमाडौं । आज बुुधबारबाट नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरसम्बन्धी व्यवस्था लागूु गरेको छ । अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले आ.व.२०७३÷०७४ को मौद्रिक नीतिमा ब्याजदर करिडोरको व्यवस्था र सोहीबमोजिम कात्तिक २९ गतेबाट करिडोरसम्बन्धी व्यवस्था लागू गरेको राष्ट्र बैंकले जनाएको छ ।  

नयाँ ब्याजदर करिडोर कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) ऐन, २०७३ को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी ब्याजदर करिडोर सम्बन्धी कार्यविधि, २०७४ जारी गरी लागू गरिएको हो । कार्यविधिअनुसार मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताको आधारमा ब्याजदर करिडोरमार्पmत तरलता प्रवाह तथा प्रशोचन गरिनेछ ।

यसैगरी ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर सात प्रतिशत रहेको छ ।  ब्याजदर करिडोरअन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा पाँच प्रतिशत रहेको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर तीन प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।  

ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा प्रदान गर्नको निमित्त स्थायी तरलता सुविधा सम्बन्धी कार्यविधि, २०७३ अनुसारका प्रक्रियाहरु अवलम्बन गरिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।

ब्याजदर करिडोरअन्तर्गत तरलता प्रवाह गर्नका लागि दुई हप्ता अवधिको रिपो उपकरणमा पाँच प्रतिशत ब्याजदरमा आवश्यकताअनुसारको परिमाणमा बोलकबोलको माध्यमबाट रिपो जारी गरिने कार्यविधिमा उल्लेख छ ।

के छ कार्यविधिमा ?

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै