राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता

खरीबोट

तस्बिर : रासस

ad

अबुधावी । राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार अबुधावीमा संयुक्त अरब इमिरेट्स (युएई) को संघीय राष्ट्रिय परिषद्का सभामुख डा अमाल अल कुबैसीले भेटवार्ता गरेकी छन् ।  

भेटका अवसरमा राष्ट्रपति भण्डारीले युएईको सभामुख भएकोमा  डा अल कुबैसीलाई बधाई दिँदै युएईको सरकारी संरचनामा ७० प्रतिशत तथा राजनीतिमा ३० प्रतिशत स्थान महिलाले प्राप्त गरेकोमा प्रशंसा गरेको राष्ट्रपतिका विकास मामिलाका स्वकीय सचिव डा विमला राई पौड्यालले बताइन् । 

राष्ट्रपति भण्डारीले नेपालमा पनि संविधानअनुसार प्रतिनिधिसभा तथा प्रादेशिकसभा निर्वाचनमार्फत संघीय संरचना कार्यान्वयन भएपछि महिलाले निर्णय गर्ने स्थानको ४० प्रतिशत भाग ओगट्ने उल्लेख गरेको स्वकीय सचिव राईले जानकारी दिइन् । 

उक्त अवसरमा युएईका सभामुख डा. अल कुबैसीले पनि राष्ट्रपति भण्डारी प्रथम नेपाली महिला राष्ट्रपति भएकोमा वधाई दिँदै यस भ्रमणबाट दुई मुलुकबीच सहयोगको क्षेत्र अझै विस्तार हुँदै जाने विश्वास व्यक्त गरिन् । भेटवार्तामा आपूर्ति मन्त्री जयन्त चन्द पनि उपस्थित थिए । 

उक्त अवसरमा युएईका अन्य केही सांसदहरूको पनि उपस्थिति थियो भने नेपालका लागि युएईका राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनका साथै राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि उपस्थित थिए । 

सम्बन्धित समाचार

राष्ट्रपति भण्डारी गणतन्त्र दिवस समारोहमा

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भइन । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै

सबै प्रकारको आमसञ्चारमा नेपालीको पहुँच पुर्याउने

काठमाडौँ । सरकारले सबै प्रकारका आमसञ्चारका माध्यममा नेपालीको पहुँच पुर्याउने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आमसञ्चार माध्यमलाई

न्याय सम्पादन छरितो र निष्पक्ष बनाइने

काठमाडौँ । सरकारले न्यायप्रणालीलाई स्वतन्त्र, सक्षम, पारदर्शी, छिटोछरितो र निष्पक्ष बनाई न्यायमा जनताको पहुँच वृद्धि गर्ने भएको छ ।  संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आज

निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न जोड

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिँचाइसम्बन्धी आठौँ एशियाली क्षेत्रीय सम्मेलनको उद्घाटन गरीन् । तीनदिने सो सम्मेलनमा नेपालसहित यस क्षेत्रका ३० भन्दा बढी देशका ३०० प्रतिनिधिको सहभागिता रहेको छ । नेपालमा पहिलोपटक