• २०८१ बैशाख ८ शनिबार

सुक्रबार रिलिज हुने ’झ्यानाकुटी’ ले ल्यायो फोटो कन्टेस्ट 

kharibot

काठमाडौँ । आउदो शुक्रबार देखि प्रदर्शनमा आउने फिल्म ’झ्यानाकुटी’ ले ल्याएको फोटो कन्टेस्टले चर्चा पाएको छ ।

फिल्म युनिटले प्रिती चाउचाउसँगको सहकार्यमा ’झ्यानाकुटी फोटो कन्टेस्ट’ अगाडी ल्याएको थियो । कन्टेस्टमा सहभागी हुनेले प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमानलाई बोकेको तस्वीर फेसबुकमा ३ल्यखज्ञठ र ३व्जथबलबपगतष् मेन्सन गर्दै झ्यानाकुटी फेसबुक पेजलाई ट्याग गरेर फेसबुकमा अपलोड गर्नु पर्ने हुन्छ । त्यहाँ अपलोड गरिएका तस्वीर मध्य सबैभन्दा बढी लाइक पाउनेले ५१ हजार नगद पनि पाउने छन् । यस कन्टेस्टमा दर्शक त उतिकै सहभागी छन् नै सेलिब्रेटीले पनि उतिकै साथ् दिएका छन् । 

प्रियंका कार्की र दिपक राज गिरी, निता ढुंगाना र श्याम भट्टराई, दिया मास्के र अनोज पाण्डे, वर्षा राउत र संयोग कोइरालाजस्ता चर्चित सेलिब्रेटीले यस प्रतियोगित मा भाग लिइसकेका छन् ।

यतिबेला सामाजिक सञ्जालमा सेलिब्रेटीले आफ्नो सहकर्मी वा जोडीलाई बोकेको तस्वीर प्रशस्तै देख्न पाइन्छ । ’यतिको साथ् पाइन्छ भन्ने सोचेकी थिइन् तर दर्शकको चासोसंगै सहकर्मीले साथ् दिदा निकै खुसि लाग्दो रहेछ’ फिल्म मार्फत निर्माणमा डेब्यु गर्न लागेकी निशा अधिकारी भन्छिन ’फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गर्छ , ढुक्क हुनुस ।’ फिल्ममा निशासंगै सिमोश सुनुवारको पनि लगानी रहेको छ भने सिमोश नै फिल्मका निर्देशक हुन् । प्रदीप भारद्वाजको कथा रहेको फिल्ममा सौगात मल्ल , बेनिशा हमाल , सुमी मोक्तान , एस्टल गुरुङ लगायतको अभिनय रहेको छ । 

फिल्मले सेन्सरबाट पिजी सर्टि्फिकेट पाएको छ । ’फिल्मलाई सेन्सरले पिजी दिएता पनि त्यस्तो केहि छैन’ निर्देशक सिमोश भन्छन ’फिल्म गरेपछि आफ्नै गाउघरको कथा फिल गर्नु हुनेछ ।’ फिल्मको ट्रेलरले सकारात्मक प्रसंसा बटुलिरहेको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै