सलमान खानको मुस्किल फेरी बढ्यो, हिट एण्ड रन केसको सुनवाई सर्वोच्चले गर्ने 

खरीबोट
ad

मुम्बई । बलिवुड सुपरस्टार सलमान खान हिट एण्ड रन केसमा फेरी घेरिएका छन् । सन् २००२ मा भएको सो घटनाले अहिले १५ बर्षपछि पनि सलमानलाई छोडेको छैन ।

भारतीय मिडिया रिपोर्टका अनुसार अबको तीन महिना पछि सलमान खानविरुद्ध दायर भएको अपिलको भारतीय सर्वोच्च अदालतले सुनुवाई गर्ने भएको छ । 

महाराष्ट्र सरकारको अपिल अनुसार सर्वोच्च अदालतले सो अपिलमा सुनुवाई गर्ने भएको हो । गत डिसेम्बरमा बम्बे हाइकोर्टले सलमानलाई निर्दोष रहेको फैसला गरेपछि महाराष्ट्र सरकारले सर्वोच्चमा सो फैसला विरुद्ध अपिल गरेको थियो ।  सो अपिल अनुसार गत फेब्रुअरीमा सलमान खानलाई सर्वोच्चले आफ्नो पक्ष राख्न अनुरोध गरेको थियो । 

सन् २००२ मा मुम्बई स्थित बान्द्रामा भएको सो घटनामा एक जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । यस घटनामा सलमान खानलाई ५ बर्षको जेल सजाय सुनाए पनि प्रमाण नपुगेको भन्दै अदालतले आरोप मुक्त गरेको थियो । 

सम्बन्धित समाचार

फिल्म ‘जिरो’ मा सलमान खानको काखमा शाहरुख खान 

मुम्बई । बलिवुडका किङ शाहरुख खानको आउदै गरेको फिल्म जिरोको दोस्रो टिजर रिलिज भएको छ । जिरो नयाँ टिजरमा सलमान खान पनि देखिएका छन् । फिल्ममा होचो युवाको भूमिकामा अभिनय गरेका

सलमान खानको रेस-३ को ट्रेलर सार्वजनिक 

मुम्बई । बलिवुडमा यस बर्षको सवाधिक प्रतिक्षित फिल्म रेस-३ को ट्रेलर रिलिज भएको छ । सलमान खान अभिनित रेस ३ रिलिज नहुदै चर्चाको शिखरमा रहेको छ ।  सलमान सहित अनिल कपुर,

सलमान खानले साइन गरेर नबनेका ११ फिल्म 

काठमाडौँ । बलिवुडका सुपरस्टार सलमान खान कुनै फिल्मसँग जोडिए भने सय करोडभन्दा तलको ब्यापारको कुरा नै हुदैन ।  पछिल्लो समय बलिवुड सबैभन्दा सफल फिल्म दिने अभिनेतामा सलमान सबै भन्दा अगाडी रहेका

सलमानले ‘भारत’ मा प्रियंका र कट्रिनासँग रोमान्स गर्ने 

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानले कालो हरिण मारेको प्रकरणमा जमानत भएपछि नयाँ फिल्मको सुटिंग सुरु गरेका छन् ।  रेस-३ को सुटिंग अझै बाँकि नै रहेको बेला सलमानको नयाँ फिल्म भारतको