• २०८१ बैशाख ६ बिहीबार

चितवनमा मोटरसाइकल पल्टिँदा एकको मृत्यु

kharibot

रत्ननगर, चितवन ।  पूर्वी चितवनको कालिका नगरपालिका–२ स्थित लंकालाइनमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । 

आज बिहान करिब १ः३० बजेको समयमा तीनजना सवार ना ४६ प ९३४० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो । 

लंकालाइनबाट भरतपुरतर्फ जानेक्रममा भएको सो दुर्घटनामा परी मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ का ३१ वर्षीय विवेक दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । 

सो मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका २५ वर्षीय दुखिराम दराई र कालिका नगरपालिका–३ का ३१ वर्षीय अविनास महतो घाइते भएका छन् । उनीहरुको अहिले कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको छ । उनीहरुले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको अनुमान प्रहरीले गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै