• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्र बैकले बिहिबार पुुन पाँच अर्वको बिकास ऋणपत्र जारी गर्ने 

kharibot

फाइल तस्विर

काठमाडौ । आगामी साउन २६ गते अर्थात बिहिवार नेपाल राष्ट्र बैकले पुन पाँच अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैैकले बोलकवोलको माध्यमद्धारा बिक्रिगर्ने गरी पाँच बर्षे अवधिको बिकास ऋणपत्र २०८४ क जारी गर्न लागेको हो । 

जारी मिती २०७४ साउन २७ गते तोकिएको उक्त ऋणपत्र खरिदको लागि साउन २६ बिहिबार अपरान्ह तीन बजेसम्म राष्ट्र बैकमा आवेदन दिनुपर्ने छ । बैक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक खरिद गर्न सक्ने उक्त ऋणपत्र धितो राखी कर्जा समेत लिन सकिने राष्ट्र बैकले जानकारी दिएको छ । अर्धबार्षिकरुपम व्याज भुक्तानी हुने उक्त ऋणपत्रको सावाँ भुक्तानी मिती भने २०८४ साउन २७ गते रहेको छ । 

राष्ट्र बैकका अनुसार खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने उक्त ऋणपत्र  प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात चार सय  करोड र एक सय करोड छुट्याइएको छ । ् अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने तथा  अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैकले जनाएको छ ।

खरिदकर्ताहरुले घटीमा रु. पचास हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु. पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्नसक्नेछन ।  

ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यस बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै