• २०८१ बैशाख ११ मंगलबार

खकुरी प्रहार गरी तीन जनाको हत्या

kharibot

हेटौडा । मंगलबार साँझ यहाँ खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालकाअनुसार मनहरि–७ का सुमन बराइलीले अन्धाधुन्द खुकरी प्रहार गर्दा सोही ठाउँका ५२ वर्षीय सीताराम धिताल, उहाँका १६ वर्षीय छोरा सुमन र छिमेकी ६५ वर्षीय जीतबहादुर ब्लोनको ज्यान गएको हो । 

प्रहरीले बराइलीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बराइलीको मानसिक सन्तुलन ठिक नभएको र उनले आवेगमा आएर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै