जिल्ला समन्वय समितिको निर्वाचनमा १४ जना उम्मेदवार

खरीबोट

महेन्द्रनगर । धनुषा जिल्ला समन्यव समितिको नेतृत्वका लागि हुने निर्वाचनमा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

सो समितिको नौजना सदस्यका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएको धनुषाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए । 

समितिको सभापतिमा दुई, उपसभापतिमा एक, महिला सदस्यमा पाँच, दलित तथा अल्पसङ्ख्यमा दुई र सदस्यमा चार जनाले उम्मेदवारी दर्ता गराएको उहाँले बताए । 

सभापतिमा नेपाली काँग्रेसबाट रामदेव बनरैत यादव र एमालेबाट वृहीबहादुर तुलाङगीले उम्मेदवारी दिएका छन् भने उपसभापतिमा राजपाबाट एक मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् । राजपाले उपसभापतिमा जनकपुर उपमहानगरपालिका–४ का वडा सदस्यमा निर्वाचित दीपक झालाई उम्मेदवार बनाएको हो । 

काँग्रेसले सभापतिसहित चारवटा पदमा उम्मेदवारी दिएको सभापतिका उम्मेदवार रामदेव बनरैत यादवले जानकारी दिए । उनले राजपा उपसभापतिसहित तीन र संघीय समाजावादी फोरमलाई दुई गरी पाँच पदमा दिने सहमति भएको बताए । 

त्यस्तै, एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले सभापतिसहित पाँचवटा पदमा उम्मेदवारी दिएको एमाले नेता हरिनारायण महतोले जानकारी दिए । मधेशवादीसँग चुनावी तालमेल गर्ने हिसाबले अन्य सिटमा उम्मेदवारी नदिएको उनले स्पष्ट पारे । 

जिल्लाका १८ वटै स्थानीय तहका प्रमुख ÷उपप्रमुख तथा अध्यक्ष ÷उपाध्यक्ष गरी ३६ जना मतदाता रहेका छन् । सो अनुसार काँग्रेस १५, राजपा चार, संघीय फोरम तीन र वाम गठबन्धनसँग १४ वटा मत रहेको छ । समन्वय समिति कार्य समितिका लागि अगामी ३० गते मतदान हुनेछ ।

सम्बन्धित समाचार

चर्चित निर्वाचन क्षेत्र : पाल्पा-२ मा पूर्वसांसदबीच कडा प्रतिस्पर्धा

पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई पूर्वसांसदबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।  प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका हरिप्रसाद नेपाल र नेकपा एमालेका सोमप्रसाद पाण्डेयबीच

नवलपरासीमा शिर्ष नेताको अस्तित्वको लडाई, कसले मार्ला बाजी 

नवलपरासी । दोस्रो चरणमा निर्वाचन हुने नवलपरासीमा पनि निर्वाचनको समय नजिकिँदै जाँदा चुनावी रौनक छाएको छ । प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित नवलपरासीका दुईवटा जिल्लामै उम्मेदवार

उपल्लो डोल्पाको ६६मतदान केन्द्रका लागि ४३० परिचालन

दुनै, डोल्पा । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि डोल्पामासम्पूर्ण व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।  निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका सरोकारवाला पक्षलाई तालीम दिने काम सम्पन्न हुनाका साथै कर्मचारी, सुरक्षाकर्मी सम्बन्धित

काँग्रेसको प्रचार टोलीमाथि बम प्रहार

बागलुङ । चुनावी प्रचारमा हिँडेको नेपाली काँग्रेसको टोलीलाई लक्षित गरी निसीखोला गाउँपालिका–३ याङ्म्याङ् भन्ने स्थानमा अज्ञात समूहले बम प्रहार गरेको छ । निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलसहितको टोली मंगलबार दिउँसो जंगलको